नेपाल पत्रकार महासंघ सल्यानको साधारण सभा माघ १० गते

सल्यान २२, पुस ।
नेपाल पत्रकार महासंघ जिल्ला शाखा सल्यानले महासंघको साधारणसभा यही माघ १० गते गर्ने भएको छ । महासंघका जिल्ला अध्यक्ष प्रतिक इच्छुक शर्माको अध्यक्षतामा आज महासंघको हलमा सम्पन्न पुर्ण कार्यसमिती बैठकले जिल्लाको सदरमुकाम खलंगामा रहेको महासंघको सभाहलमा बार्षिक साधारणसभा माघ १० गते गर्ने निर्णय गरेको हो ।

साधारणसभामा संस्थाको आर्थिक तथा सांगठनिक प्रतिवेदन प्रस्तुत गरिने छ । यस्तै महासंघको जिल्ला शाखामा स्थापना भएका पुरस्कार वितरण गर्न छनोट समिती गठन गरिएको छ । नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य टेकराज शाहीको संयोजकत्वमा जिल्ला अध्यक्ष शर्मा र सल्लाहकार सनत कुमार शर्मा सदस्य रहेको तीन सदस्यीय छनोट समिती गठन गरिएको हो ।

सल्यानमा ५० हजार राशीको अजिता स्मृति पत्रकारिता पुरस्कार, १० हजार राशीको शालिकराम शर्मा स्मृति पत्रकारिता पुरस्कार र ५० हजार ५१ रुपैयाँ राशीको संस्थापक पत्रकारिता पुरस्कार रहेका छन् । साथै साधारण सभामा उपस्थितिका लागि सम्पूर्ण साधारण सदस्यहरुलाई आग्रह समेत गरिएको नेपाल पत्रकार महासंघ सल्यानले जनाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस