शारदा नगरपालिका ४-५ मा नेकपा वडा कमिटीको सपथग्रहण तथा प्रशिक्षण सम्पन्न

नेपाली काँग्रेस परित्याग गरी ९ जना नेकपामा प्रवेश

सल्यान २२, पुस ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल पक्षको सल्यानको शारदा नगरपालिका वडा नम्बर ४ र ५ को वडा कमिटी सपथ ग्रहण तथा पार्टी प्रशिक्षण कार्यक्रम आज सम्पन्न भएको छ । शारदा नगरपालिका वडा नम्बर ४ मा सुरेन्द्र कवर अध्यक्ष र शान्ता नेपाली सचिव रहेको २९ सदस्यीय वडा कमिटी तथा वडा नम्बर ५ मा हेमराज थापा अध्यक्ष र बालकृष्ण यरी सचिव रहेको २९ सदस्यीय वडा कमिटीको सपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै नेकपाका केन्द्रिय सदस्य तथा प्रदेश सहइन्चार्ज प्रकाश ज्वालाले प्रचण्ड नेपाल पक्षमा एकताबद्ध हुन आमकार्यकर्ताहरुमा आग्रह गर्नुभएको छ । प्रधानमन्त्री ओलीको असंबैधानिक, अलोकतान्त्रिक र प्रतिगामी कदमका कारण अहिलेको अबस्था सिर्जना भएको बताउदैँ उहाँले आमकार्यकर्ताको साथमा आफुहरु भएकाले विचल्ली नभएर पार्टीमा आबद्ध हुन आग्रह गर्नुभयो ।

ज्वालाले केन्द्रिय स्तर देखी जिल्ला स्तर हुदैँ स्थानिय स्तरमा आफुहरु बलियो भएको बताउदैँ बिकास निर्माण देखी हरेक क्षेत्रमा आफुहरुले काम गर्दै आएकाले कार्यकर्ताहरुको साथ पनि आफुहरुलाई नै भएको बताउनुभयो । कार्यक्रममा नेकपाका प्रदेश कमिटी सदस्य तथा शारदा नगर कमिटी इन्चार्ज धिरेन्द्र श्रेष्ठ, प्रदेश कमिटी सदस्य तथा कालीमाटी गाउँ कमिटी इन्चार्ज तिलक मल्ल, शारदा नगर कमिटी अध्यक्ष नविन सिंह भँडेल, जिल्ला कमिटी सदस्यहरु रमेश कुमार गौतम, राम खड्की, प्रमोद श्रेष्ठ, निम बहादुर नेपाली, कल्पना सेजवाल, सन्तोष राई, नगर कमिटी सचिव यौवन प्रकाश श्रेष्ठ, शिक्षक संगठनका मधुसुदन शर्मा, किशोर कुमार हमाल लगाएतकाले बोल्नुभएको थियो ।

सुरेन्द्र कवरको अध्यक्षतामा भएको कार्यक्रममा हेमराज थापाले स्वागत मन्तब्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन नर वहादुर कवरले गर्नुभएको थियो । कार्यक्रममा नेपाली काँग्रेसका क्रियाशिल सदस्य रोषण बिष्ट सहितको टोलीले पार्टी परित्याग गरेर नेकपामा प्रवेश गरेको छ । काँग्रेस जनभावना अनुसार अगाडी बढ्न नसकेको भन्दै बिष्टको नेतृत्वमा ९ जनाको टोली आज नेकपामा प्रवेश गरेको हो ।

 

 

 

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित