सल्यानको सल्लीवजारमा खाद्य, शिक्षा, स्वास्थ्य र आवासको बिषयमा छलफल

दुर्गा विसी,
सल्लीवजार २२, पुस ।
सल्यानको सल्लीवजारमा खाद्य, शिक्षा, स्वास्थ्य र आवासको बिषयमा छलफल गरिएको छ । मानवअधिकार रक्षक सञ्जाल समुहले खाद्य, शिक्षा, स्वास्थ्य र आवासको प्रत्याभूतिको अवस्थाका विषयमा अन्तरक्रिया गरेको हो । शिक्षा, स्वास्थ्य, खाद्य, कृषि र आवासको व्यवस्थापनका लागि यसअघि नै पहिलोपटक १३ वुदे, दोस्रोपटक ५ वुदे ध्यानाकर्षण पत्र वुझाएको थियोे । ती विषयमा खासै नगरपालिकाले ध्यान नदिएको र कार्यन्वन नभएको कार्यक्रममा सहभागीले जनाएका थिए ।

छलफलमा बन्गाड कुपिण्डे नगरपालिकाको शिक्षा शाखाकि धुर्वा थापा, स्वास्थ्य शाखाबाट सन्तोषी रावत, कृषि शाखाबाट टीका जैसी, महिला वालवालिका शाखाबाट लक्ष्मी शाहीले सरोकारवालाले राखेका सवालको जवाफ दिनुभएको थियो । सो अबशरमा सरोकारवालाहरुले सबै भन्दा शिक्षामा निकै कठिनाइ भएको जनाएका छन् । दरवन्दि नहुदा विद्यालयहरु बन्द हुने अवस्थामा पुग्दा समेत नगरपालिकाले चासो नदिएको गुणासो गरेका थिए ।

शिक्षा, स्वास्थ्य निति प्रयोगमा नहुदा शिक्षा र स्वास्थ्यमा उत्साहजनक रुपमा काम नभएको उनीहरुको भनाई छ । विद्यालयहरुमा सरकारले सेनेटरी प्याडको लागि वजेट निकासा भए पनि सो प्याड खरिद नभएको र विद्यालयमा नपुग्ने गरेको गुनासो रहेको थियोे । यस्तै चाडपर्व लक्षित वजार अनुगमणले समस्या वनाएको बताएका थिए ।

छलफलमा नगर उपप्रमुख मञ्जु यरीले भने सबै क्षेत्रमा नगरको तर्फबाट भएका प्रगतिका वारेमा जानकारी दिनु भएको थियोे । सञ्जालले केही समय अघि ध्यानाकर्षण गरेका सबै काम पूरा हुन नसके पनि केही काम भैरहेको जनाउनु भएको छ । सो अबशरमा पिएल परियोजना प्रमुख दिलवहादुर चौधरीले परियोजनाको कार्य वारे जानकारी गराउनु भएको थियोे । यस्तै इन्सेक सल्यानका सहजकर्ता रामचन्द्र रेग्मीले परियोजनाले काम गरेका क्षेत्रवारे प्रष्ट पार्नु भएको थियोे ।

छलफलमा नेपाल रेडक्रस सोसाइटी कर्णाली प्रदेशका सदस्य गणेश विसी, प्रभाकर माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष गञ्जमान वुढा, सोहि विद्यालयका सहायक प्रधानाध्यापक पुष्कर विसी, शैक्षिक जनचेतना प्रावि माल्पेका प्रअ टेकेन्द्र बिसी, ,अगुवा कृषक, विद्यार्थी, विभिन्न शाखा प्रतिनिधि, मानवअधिकार सञ्जालका पदाधिकारी र सरोकारवालाहरुको उपस्थिति रहेको थियोे भने कार्यक्रमको सहजिकरण पत्रकार दुर्गा विसीले गर्नु भएको थियोे ।

प्रतिक्रिया दिनुहोस