सल्यान २३, पुस ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रिय सदस्य तथा सल्यान जिल्ला इन्चार्ज टेक बहादुर बस्नेतले आउदोँ बैशाखमा चुनावको मिती घोषणा गरिनु भ्रम मात्र भएको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले असंबैधानिक, अलोकतान्त्रिक र प्रतिगामी कदम चालेर संसद विघटन गरेको र आगामी बैशाखमा चुनाव सम्पन्न हुन्छ भनेर आमनागरिकमा भ्रम सिर्जना गरेको उहाँले बताउनुभएको हो ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड माधव पक्षले आज खलंगामा आयोजना गरेको संसद विघटनमा नागरिक समाजको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले. यस्तो बताउनुभएको हो । बस्नेतले प्रधानमन्त्री ओली गैरजिम्मेवार वनेर झुटको खेती गर्दै बैशाखमा चुनाव हुन्छ भनेर नागरिकमा भ्रम सिर्जना गरिरहेको बताउनुभयो ।
उहाँले ओलीको अहिलेको रणतिनि सत्ता लब्याउने खेल मात्रै भएको बताउनुभयो । पार्टीले बहुमत प्राप्त गरेको अवस्थामा संसद विघटन गरेर फेरी चुनावमा बहुमत प्राप्त गर्छु भन्नु राम्रो होइन, अल्पमतमा परेकाले पो बहुमतका लागी निर्वाचनमा जाने हो प्रश्न गर्दै बस्नेतले भन्नुभयो देशलाई अस्थिरता तर्फ धकेल्ने आलीको कदम हो ।
कार्यक्रममा नागरिक समाजका अगुवाहरुले संविधान र संवैधानिक सर्वोच्चता भन्दा माथि कोही पनि हुन नसक्ने बताएका छन् । अधिवक्ता थलराज भण्डारीले २०७२ को संविधानले प्रधानमन्त्रीलाई संसद् विघट्न गर्ने अधिकारी नदिएको बताउनुभयो । नेपाल पत्रकार महासंघ सल्यानका अध्यक्ष प्रतीक इच्छुक शर्माले ंप्रतिनिधि सभा विघट्न गर्ने यो उपयुक्त समय नभएको बताउनुभयो ।
यस्तै नागरिक अगुवा निम बहादुर नेपालीले दुई तिहाईको सरकारले समृद्धिका विषयलाई प्राथमिकता दिन्छ भन्दा पनि संविधान नै कू गरेर राजनीतिक, आर्थिक, सामाजिक अस्थिरता निम्त्याएको बताउनुभयो ।
कार्यक्रममा नेकपाका प्रदेश कमिटी सदस्य तथा शारदा नगरपालिका इन्चार्ज धिरेन्द्र श्रेष्ठ, नेकपाका जिल्ला कमिटी सदस्य रमेश कुमार गौतम लगाएत सरोकारवालाहरुको सहभागिता रहेको थियो ।