बन्गाडमा वृहत् लिफ्ट खानेपानी योजनाको ७० प्रतिशत काम पुरा

दुर्गा विसी,
सल्लीवजार २३, पुस ।
सल्यानको बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर ३ मा लिफ्ट खानेपानी आयोजनाको काम ७० प्रतिशत पुरा भएको छ । यस वडाका दर्जन वस्तिमा खानेपानी पु¥याउनको लागि निर्माण शुरु गरिएको लिफ्ट खानेपानी आयोजनाको काम करिव ७० प्रतिशत सम्पन्न भएको छ । बामेको खेतगारा, किमटाकुरा, मेलटाकुरा, खानिगाउ, बराहागाउ लगाएतका वस्तिमा खानेपानी पु¥याउनका लागि गत आर्थिक वर्षमा योजना सुरु गरिएको थियो ।

३ करोड ५४ लाख रुपैँया लागतमा जिपियु कन्ट्रक्सन काठमाडौंले काम गरिरहेको छ । २ ट्यांकी १ लाख लिटर, ५० हजार लिटर, जिआइ पाइप ६ सय १५ मिटर, सोलार फिटको काम सकिएको छ । उक्त आयोजनाको नगर प्रमुख गोविन्द कुमार पुन सहितको टोलिले अनुगमन समेत गरेको छ । सो अबशरमा नगरप्रमुख पुनले ताकिएको समयमा नै काम सम्पन्न गर्न सुझाव दिनुभएको छ ।

पुस्तौं देखि यस क्षेत्रका उच्च भुभागका नागरिकहरुले खानेपानीको निकै सास्ती खेपिरहेका छन् । योजना सम्पन्न भए पछि सहजता हुने जनाइएको छ । सोलार पम्प र ट्रान्समिटरको काम छिट्टै भएमा अवको १ महिनामा उक्त योजनाको काम पूरा हुने इन्जिनियर महेश देवकोटाको भनाइ छ । नगरले यस योजनालाइ बृहत् योजनाका रुपमा नामकरण गरेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस