तीन जिल्लाका उद्यम बिकास सहजकर्तालाई सम्मान


सुर्खेत, २५ पुस ।
स्थानीय तहमा नियुत्त भएका उद्यम विकास सहजकर्तालाई सम्मान गरिएको छ । शनिवार वीरेन्द्रनगरमा सुर्खेत,दैलेख र जाजरकोट जिल्लाका स्थानीय तहमा नवनियुक्त उद्यम विकास सहजकर्तालाई सम्मान गरिएको हो । मध्य नेपाल प्राविधिक शिक्षालय सुर्खेत र मध्य पश्चिम ट्रेनिङ्ग एण्ड रिसर्च सेन्टर सुर्खेतले सयुक्त कार्यक्रमको आयोजना गरि सम्मान गरिएको थियो ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालीका, पञ्चपुरी नगरपालिका , चौकुने गाउँपालिका , सिम्ता गाउँपालिका, जाजरकोटको जुनीचाँदे गाउँपालीका, दैलेदखको डुङ्गेश्वर गाउँपालीकामा नियुक्त भएका उद्यम विकास सहजकर्ताहरुकोे सहभागीता रहेको थियो । कार्यक्रममा मध्य पश्चिम ट्रेनिङ्ग एण्ड रिसर्च सेन्टरका निर्देशक विनोद लम्सालले तालिम केन्द्रमा अध्ययन गरेका २ सय वढीले रोजगारी पाएको बताउनुभयो ।
साविक मध्य पश्चिममा पहीलो पटक कक्षा सञ्चालन गरि रोजगारीका अवसर सिर्जना गर्न सफल भएको लम्सालले बताउनुभयो । कार्यक्रममा राष्ट्रीय लघु उद्यमी महासंघका कार्यवाहक अध्यक्ष कविराज खत्रीले कर्णाली पहिलो र अव्वल शिक्षालय भएको बताउनुभयो । कर्णालीमा हजारौ युवाहरु रोजगारीका लागी खाडिमुलुकहरुमा अहिले पलायन हुने संख्या केहि कमि आउने उनको दाबी छ । प्रदेशमा युवाहरुलाइ रोजगारीका क्षेत्रमा शिक्षालयले उल्लखनीय कार्य गरेको अध्यक्ष खत्रीले बताउनुभयो । कर्णालीमा पहिलो पटक जोखीम मोलेर कक्षा सञ्चालन गरेर धेरै संख्यामा रोजगारी सिर्जा गरेको खत्रीले वताए । जुनीचाँदे गाउँपालिका जाजरकोटका उद्यम विकास सहजकर्ता रेशमबहादुर खड्काले प्राबिधिक शिक्षालयले धेरै ब्यरोजगार युवाहरुलाइ रोजगार दिएको बताउनुभयो । उद्यम बिकास सहजकर्ता जागिर खानका लागी मात्र नभएर स्वयम उद्यमी बन्नको लागी महत्वपूर्ण पाटो रहेको खड्काले बताउनुभयो । पछिल्लो समय सरकारले गरिबि निवारणका लागी लघु उद्यम बिकास कार्यक्रम स्थानीय तहबाट सञ्चालन गरेसंगै उद्यम बिकास सहजकर्ताहरुको भबिश्य सुनिश्चि भएको खड्काको तर्क थियो । यस्तै कार्यक्रममा बोल्दै बिरेन्द्र नगर नगरपालिकाकि उद्यम बिकास सहजकर्ता प्रतिभा थापाले उद्योग क्षेत्रमा उद्यम बिकास सहजकर्ताहरुको उल्लखनीय भुमिका रहने बताइन । मध्य नेपाल प्राबिधिक शिक्षालयले देशका धेरै स्थानीय तहमा उद्योग क्षेत्रमा काम गर्नका लागी दक्षय जनशक्ति उत्पादन गर्न सफल भएको थापाले बताउनुभयो । कार्यक्रममा सहभागीहरुलाई अबिर खादा सहित सम्मान गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस