बन्गाड कुपिन्डे नगरपालिकामा पशुचौपायालाई पिपिआर खोप दिन शुरु


दुर्गा बिसी,
सल्लीवजार २५, पुस ।
सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा भेडाबाख्रालाई पिपिआर खोप लगाउन थालिएको छ । नगरका सबै १२ वटै वडाहरुमा गरेर करिब २५ हजार भेडाबाख्रालाई पिपिआर खोप लगाउन थालिएको हो । वडाका सबै टोलहरुमा पुगेर निशुल्क उपमा पशु उपचार सेवा अन्र्तगत पिपिआर खोप दिन थालिएको पशु शाखा प्रमुख विरमान वुढाले जानकारी दिनुभयो ।
पहिलो चरणमा वडा नम्बर ८, ९, १०, ११ र १२ मा खोप लगाउन थालिएको र त्यसपछि क्रमश अन्य वडाहरुमा यो कार्यक्रम सञ्चालन गरिने उहाँको भनाई छ । भेडाबाख्रामा लाग्ने महामारी पिपिआर रोग प्रतिरोधात्मक क्षमता बढाउन खोप सञ्चालन कार्य नगरले हरेक वर्ष गरिरहेको छ । आज वनगाड कुपिण्डे नगरपालिका वडा नम्बर १२ को माझखर्क, भदाले र दुरूमखोला गरी ३ स्थानमा सेवा सञ्चालन गरिएको वडा अध्यक्ष गोविन्द डाँगीले जानकारी दिनुभयो ।
यस्तै भोली वडा नम्बर १० को थापाचौर र माझकाडाँमा पशु शिविर सञ्चालन हुने छ । शिविरमा भेडाबाख्रा लगाएत अन्य घरपालुवा पशुचौपायाहरुको समेत उपचार गरिने नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस