सल्यान २५, पुस ।
जागृत वचत तथा ऋण सहकारी संस्था शारदा नगरपालिका ४ साहुटोल सल्यानको नव निर्वाचित संचालक, लेखा तथा अन्य उपसमितिहरुको परिचयात्मक अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । संस्थाका अध्यक्ष किशोर कुमार हमालको अध्यक्षतामा आज परिचयात्मक अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा संस्थाको विनियम, विभिन्न निती, समिति तथा उपसमितहरुको काम कर्तव्य र अधिकार, प्राप्त भएका उपलव्धी लगाएत आगामी योजनाका वारेमा छलफल भएको थियो ।
सो अबशरमा संस्थाका अध्यक्ष हमालले संस्था स्थापनाकाल देखि हाल सम्मको संस्थाको वारेमा गरेका विभिन्न गतिविधीहरु साथै संस्थाको चिनारीको वारेमा प्रकाश पार्नुभएको हो । यस्तै संस्थाका उपाध्यक्ष ज्ञान प्रकाश शर्माले संस्थावाट प्रवाह हुने सेवा सुविधा तथा उपसमितिहरुको भूमिकाको वारेमा जानकारी प्रदान गर्नुभएको थियो भने संस्थाका सचिव कल्पना सेजवालले संस्थाका उपलव्धीहरुको वारेमा जानकारी गराउनु भएको थियो ।
सो अबशरमा संस्थाका नवनिर्वाचित लेखा समिति तथा अन्य उपसमितीका संयोजकहरुले संस्थालाई अगाडी कसरी वढाउने भन्ने वारेमा आ–आफनो धारणा व्यक्त गर्दै संस्थाको उन्नतीको लागि आफु सधै दृढ रहने प्रतिवद्धता ब्यक्त गर्नुभएको थियो । कार्यक्रममा संस्थाका संचालक समिति, लेखा समिति, सल्लाहकार समिति, शिक्षा उपसमिति, खरिद उपसमिति, ऋण उपसमिति, अनुगमन तथा मूल्यांकन उपसमिति, महिला शसक्तिकरण उपसमिति, जेष्ठ नागरिक सदस्य कल्याणकारी मंचका पदाधिकारीहरु र कर्मचारीहरुको उपस्थित रहेको थियो । संस्थाका उपाध्यक्ष ज्ञान प्रकाश शर्माको स्वागत मन्तव्यवाट शुरु भएको कार्यक्रमको संचालन संस्थाका सचिव कल्पना सेजवालले गर्नुभएको थियो ।