वैशाखको चुनाव कुनै हालतमा हुँदैन : नेकपा सल्यान इन्चार्ज बस्नेत

सल्यान २६, पुस ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रिय सदस्य तथा सल्यान जिल्ला इन्चार्ज टेक बहादुर बस्नेतले संविधानमाथि प्रहार हुँदा आफूहरु चुप लागेर बस्न नसक्ने बताउनु भएको छ । नेकपा प्रचण्ड नेपाल पक्षको शारदा नगरपालिका वडा नम्बर १ र १२ को शनीवार श्रीनगरमा वडा कमिटीको सपथग्रहण तथा पार्टी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै बस्नेतले झण्डै दुई तिहाई बहुमत प्राप्त सरकारका प्रधानमन्त्री ओली असंवैधानिक बाटोतिर लागेको बताउनुभएको हो ।

संविधान निर्माण गर्दा नै राजनीतिक स्थिरता दिन प्रधानमन्त्रीलाई संसद भंग गर्ने अधिकार हटाइएको भन्दै असंवैधानिक कदम चाल्ने प्रधानमन्त्रीले घोषणा गरेको चुनाव कुनै हालतमा हुन नसक्ने उहाँको दावी रहेको छ । उहाँले प्रधानमन्त्रीले चालेको असंबैधानिक, अलोतान्त्रिक प्रतिगामी कदमलाई सर्बोच्चले खारेज गर्ने बिश्वास ब्यक्त गर्नुभयो ।

 

प्रतिक्रिया दिनुहोस