बढ्दो प्रविधिको प्रयोगले चिठ्ठीपत्रको आदानप्रदान घट्यो

सल्यान २७, पुस ।
बढ्दो प्रविधिको विकास सँगै सल्यानमा चिठ्ठीपत्रको आदानप्रदान घटेको छ । सरकारी कामकाजको लागी चिठ्ठीपत्रको प्रयोग भएपनि ब्यक्तिगत कामहरुको लागी भने चिठ्ठीपत्रको आदानप्रदान घटेको हो । शहरी क्षेत्रदेखि ग्रामिण क्षेत्रसम्म इन्टरनेटको विस्तारले व्यतिmगत रुपमा चिठ्ठीपत्रको आदानप्रदान गर्ने कार्य कम हुदैँ गएको जिल्ला हुलाक कार्यालय सल्यानले जनाएको छ ।

केहि वर्ष अघिसम्म एक ठाउँको खबर अर्काे ठाउँमा पु¥याउनका लागि सजिलो माध्यम बनेको हुलाक कार्यालयमा अहिले चिठ्ठीपत्र आउनै छोडेका छन् । जिल्लाको दुर्गम क्षेत्रमा पनि हात हातमा मोबाइल र इन्टरनेटबाट सजिल्लै सुचना आदानप्रदान गर्न सकिने भएकाले चिठ्ठीपत्र प्रयोगमा कमि आएको जिल्ला हुलाक अधिकृत धिरेन्द्र भण्डारीले जानकारी दिनुभयो ।

जिल्ला हुलाक कार्यालयमा पहिलेको तुलनामा चिठ्ठीपत्र कम आउने गरेको उहाँको भनाई छ । व्यतिmगत तथा संघ संस्थाहरुले इमेल इन्टरनेट, फ्याक्स लगायत प्रविधिको प्रयोग गर्ने गरेको हुनाले कम मात्रामा चिठ्ठीपत्र आउन थालेको उहाँले जानकारी दिनुभयो । कोरोना संक्रमणका कारण सरकारले गरेको बन्दाबन्दीको समयमा चिठ्ठीपत्र कम आएपनि असार महिना देखि नियमित रुपमा दैनिक ५० देखि ६० वटा सम्म चिठ्ठीपत्र आउने गरेको छन् उहाँले भन्नुभयो ।

जिल्ला हुलाक कार्यालय सल्यानले गत आर्थिक बर्ष २०७६।०७७ मा ७ लाख ५९ हजार ५ सय ६३ रुपैँया राजस्व संकलन गर्न सफल भएको जनाएको छ । जसमा एफएम रेडियोबाट १ लाख ५३ हजार २ सय ४३ रुपैँया, टिकट विक्रीबाट ४ लाख २६ हजार रुपैँया, अन्लाइन रजिष्ट्रेशनबाट ६२ हजार ६ सय ९७ रुपैँया, लिलाम बिक्रीबाट ६ हजार ५ सय ६० रुपैँया लगाएतकाबाट राजस्व संकलन गरिएको छ । यस्तै चालु आर्थिक बर्षको साउनदेखि असोजसम्म १ लाख ४५ हजार ५८ रुपैँया राजस्व संकलन भएको छ ।

जिल्ला हुलाक कार्यालयमा चिठ्ठीपत्र साथसाथै हुलाक बचत बैँक मार्फत पनि सेवाग्राहीहरुलाई सेवा प्रदान गरिरहेको छ । हुलाक बचत बैँकमा ७ करोड ४५ लाख ७ हजार १३ रुपैँया बचत रहेको पनि हुलाक अधिकृत भण्डारीले जानकारी दिनुभयो । जिल्लामा इलाका हुलाक कार्यालय ९ वटा छन् भन्ने अतिरितm हुलाक कार्यालय ३७ वटा रहेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस