बिद्यालयमा भवन अभाव : पठनपाठन गर्न अप्ठ्यारो भएको बिद्यार्थीहरुको गुणासो

दुर्गा बिसी,
सल्यान २७, पुस ।
सामुदायिक बिद्यालयमा बिद्यार्थीहरुको आर्कषण बढेसँगै बिद्यालयमा संरचना अभाव हुन थालेको छन् । अंग्रेजी माध्यमबाट पठनपाठन शुरु गरिनु, शिक्षामा थप गुणस्तरीयता बढ्दै जानु, दिवाखाजा लगाएतका सुविधा पाइने भएपछि जिल्लाका अधिकांश सामुदायिक बिद्यालयहरुमा बिद्यार्थीहरुको चाप बढेको छ । जसका कारण बिद्यालयमा निर्मित भौतिक संरचनाहरुको अभाव देखिएको छ ।

जिल्लाको बन्गाड कुपिण्डे नगरपालिकामा रहेको त्रिभुवन जनता माद्यामिक बिद्यालय च्युरामा विद्यार्थीको चाप ह्वात्तै वढेपछि पढाउने कक्षा कोठाको अभाव भएको छ । अहिले एउटै कक्षामा १ सय २५ बढी विद्यार्थी राखि पढाउने गरिएको छ भने एउटै बेन्चमा कोचाकोच गरेर छ जना सम्म बिद्यार्थी राख्ने गरिएको छ । अहिले कक्षा ६ मा ९६ जना, कक्षा ७ मा १ सय ८ जना, कक्षा ८ मा १ सय ९ जना बिद्यार्थीहरुले अध्ययन गरिरहेका छन् ।

कक्षाकोठा ब्यवस्थापन मापदण्ड अनुसार एउटा कोठामा ४० जना बिद्यार्थीहरु राखेर पढाउनुपर्दछ भने बढी बिद्यालय भएमा सेक्सन बिभाजन गर्नुपर्दछ । तर भवन अभाव र शिक्षकको दरबन्दी पनि कम हुदाँ सबै बिद्यार्थीहरुलाई एउटैमा राखेर पढाउने गरिएको बिद्यालयले जनाएको छ । अहिले कक्षा ९ मा २ सय १० जना बिद्यार्थीहरुले अध्ययन गरिरहेको छन् ।

सेक्सन बनाइ कक्षा सञ्चालन गर्दा शिक्षक दरबन्दी अपुग र कक्षा कोठा अभावले निकै समस्या वनाएको प्रधानाध्यापक गुमान सिंह विष्टले जानकारी दिनुभयो । उहाँका अनुसार कक्षा ११ र १२ का बिद्यार्थीहरुलाई छतमा राखेर पढाउने गरिएको छ । प्रावि तहमा अंग्रेजी माध्यमबाट पढाइ सञ्चालन गर्दा तल्लो कक्षाहरुमा समेत विद्यार्थी चाप बढेको छ, यस शैक्षि सत्रमा मात्रै झण्डै ११ सय विद्यार्थीहरुले अध्ययन गरिरहेका छन् उहाँले भन्नुभयो ।

प्राविधिक धार वालिविज्ञानको लागि ल्याव प्रयोगशाला कोठा नहुदा समेत विद्यार्थीको प्रयोगात्मक कार्यमा कठिनाइ भएको शिक्षक वसन्त पराजुलीले जानकारी दिनुभयो । कक्षा कोठा अभावले कक्षा सञ्चालनमा चुनौती थपिरहेको वेला कसरी प्रयोगशाला सामग्री व्यवस्थापन गरि विद्यार्थीहरुलाइ सिकाउने भन्ने कुराले निकै समस्या वनाएको पराजुलीको भनाइ छ ।

बिद्यालयमा भवन र दरबन्दी अनुसारको शिक्षक नहुदाँ समस्या भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलाराम वुढाले जानकारी दिनुभयो । कक्षा ६ देखि १२ सम्ममा एउटै कोठामा एक सय बढी विद्यार्थी राखि पढाउनु भनेको विद्यालयको वाध्यता भएको उहाँको भनाई छ । बिद्यालयमा भवन अभाव बारे स्थानिय प्रदेश र संघिय सरकारलाई जानकारी दिएको तर कसैले पनि वास्ता नगरेको उहाँको गुणासो छ ।

बिद्यालयको कक्षाकोठामा भएको कोचाकोच बसाइले पठनपाठनमा समस्या भएको बिद्यार्थीहरुले वताएका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित