सल्यानमा स्वास्थ्य बिमा कार्यक्रम लागु

सल्यान २७, पुस ।
सल्यानमा स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको छ । जिल्लाका दश वटा पालिकाका ८३ वटै वडा समेट्ने गरी सोमबारदेखि कार्यक्रम लागू भएको हो । स्वास्थ्य बिमा सुरु गर्नेमा सल्यान कर्णाली प्रदेशको अन्तिम जिल्ला हो भने नेपाल कैँ ६३ औँ जिल्ला बनेको छ । यसै वर्षभित्र देशका ७७ वटै जिल्लामा यो कार्यक्रम पु¥याउने लक्ष्य रहेको स्वास्थ्य बिमा बोर्डले जनाएको छ ।

स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले पाँच जनासम्मको परिवार हुनेले वार्षिक तीन हजार पाँच सय रुपैयाँ बिमा शुल्क तिर्नुपर्ने व्यवस्था रहेको बताउनुभएको छ । त्यसभन्दा बढी प्रतिसदस्य सात सयका दरले थप रकम तिनुपर्ने छ । बीमित परिवारलाई सूचीकृत अस्पतालबाट एक लाख रुपैयाँसम्मको उपचार सेवा उपलब्ध हुने उहाँले जानकारी दिनुभएको छ ।

७० वर्ष माथिका ज्येष्ठ नागरिक, अति विपन्न परिवार, एचआईभी लगायत गम्भीर रोग लागेका परिवारलाई निःशुल्क बिमा गराइने उहाँको भनाई छ । स्वास्थ्य बिमा कार्यक्रम कार्यान्वयनका लागि प्रत्येक वडाहरुमा कर्मचारीहरु परिचालन गरिने छ । दर्ता सहयोगीले घरघरै पुगेर हरेक परिवारलाई बिमामा आबद्ध गराउने जनाइएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस