सल्यानमा शिक्षा, स्वास्थ्य, खाद्य र आवासको मुख्य सवालमा अन्तरक्रिया

सल्यान २८, पुस ।
सल्यानमा शिक्षा, स्वास्थ्य, खाद्य र आवासको मुख्य सवालमा अन्तरक्रिया गरिएको छ । इन्सेक सल्यानको आयोजनामा सल्यानको सदरमुकाम खलंगामा सरोकारवालाहरुको सहभागितामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै शारदा नगरपालिका उपप्रमुख साबित्रा बस्नेतले बिबिध कारणले हरेक क्षेत्रमा नागरिकको पहुँच पुग्न नसकेको बताउनुभएको छ ।

उहाँले हरेक नागरिकको समान सहभागिता सुनिश्चितताको लागि नगरपालिकाले काम गर्दै आएको बताउनुभएको छ । विशेष गरि शिक्षा, स्वास्थ्य लगाएतका क्षेत्रहरूलाई प्राथमिकता दिएर आफुहरुले काम गरिरहेको उहाँको भनाई छ । नेपाल पत्रकार महासंघ सल्यानका अध्यक्ष प्रतीक इच्छुक शर्माको अध्यक्षतामा भएको कार्यक्रमको संचालन इन्सेकका रामचन्द्र रेग्मीले गर्नुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस