सिनवाङमा नेकपाको भेला तथा प्रशिक्षण सम्पन्न

जीत प्रसाद आचार्य,

सल्यान २८, पुस ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल पक्षको पार्टी भेला तथा प्रशिक्षण सल्यानको सिनवाङमा सम्पन्न भएको छ । कपुरकोट गाउँपालिका वडा नम्बर ६ सिनवाङ सोमवार भेला तथा प्रशिक्षण सम्पन्न भएको हो ।
चन्दभान बिकको अध्यक्षतामा भएको कार्यक्रममा नेकपाका प्रदेश कमिटी सदस्य तथा कपुरकोट गाउँ कमिटी इन्चार्ज भद्र सिह बुढाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि बुढाले प्रधानमन्त्री ओलीले संविधान मिचेर संसद विघटन गरेको बताउनुभएको छ । उहाँले प्रधानमन्त्रीको अलोकतान्त्रिक, असंबैधानिक र प्रतिगामी कदमको खुलेरै विरोध गर्न सबैमा आग्रह गर्नुभयो ।

कार्यक्रममा ज्ञानबहादुर सुबिकर, वडाअध्यक्ष हेरम बुढाथोकी, सिबराज बिक, शेर बहादुर पुन, शिक्षक महासंघ जिल्ला अध्यक्ष मदुसुधन गिरी, जित प्रसाद आचार्य लगाएतकाले बोल्नुभएको थियो । कार्यक्रमको संचालन गणेस बुढाथोकीले गर्नुभयको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस