स्वास्थ्य सुचना ब्यवस्थापन प्रणाली सम्बन्धि तीन दिने तालिम सल्यानको लुहाममा सम्पन्न

सल्यान २८, पुस ।
स्वास्थ्य सुचना ब्यवस्थापन प्रणाली सम्बन्धि तीन दिने तालिम सल्यानको लुहाममा सम्पन्न भएको छ । स्वास्थ्यका लागी सक्षम प्रणालीको आर्थिक तथा प्राविधिक सहयोग र त्रिबेणी गाउँपालिकाको आयोजनामा मंगलवार तालिम सम्पन्न भएको हो । तालिममा स्वास्थ्य क्षेत्रको सुचना प्रणाली ब्यवस्थापन, रेकर्डिङ, रिपोर्टिङ तथा गुणस्तरीय स्वास्थ्य सेवा कसरी प्रवाह गर्न सकिन्छ भन्ने बारेमा प्रशिक्षण प्रदान गरिएको स्वास्थ्य शाखा संयोजक प्रभात कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

तालिममा गाउँपालिका भित्रका बिभिन्न स्वास्थ्य संस्थामा कार्यरत १० जना स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो । तालिममको उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष मान बहादुर डाँगी, उपाध्यक्ष करुणा खड्का लगाएतको सहभागिता रहेको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस