पाथिभरे अपांग समाज सेवा संघ सल्यानको अध्यक्षमा केसी चयन

सल्यान २८, पुस ।
पाथिभरे अपांग समाज सेवा संघ सल्यानको १२ औँ बार्षिक साधारण सभा तथा पाँचौँ अधिबेशन सम्पन्न भएको छ । जिल्लाको छत्रेश्वरी गाउँपालिका वडा नम्बर १ दमाचौरमा साधारण सभा तथा अधिबेशन सम्पनन्न भएको हो ।

अधिबेशनले बम बहादुर केसी अध्यक्ष रहेको ९ सदस्यीय नयाँ कार्य समिती चयन गरेको छ । जसको उपाध्यक्षमा सुनिता चन्द, सचिवमा धुर्ब बहादुर बुढाथोकी, सहसचिवमा रोमहर्ष शर्मा र कोषाध्यक्षमा सुशिला चन्द शाह चयन हुनुभएको छ ।
यस्तै सदस्यहरुमा शिवलाल कवर, चित्रा घर्ती, धनमाया चन्द र निर्मला खड्का रहनुभएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित