सल्यान २९, पुस ।
कोरोना भाइरसको जोखिम कायमै रहेको अबस्थामा सञ्चालनमा रहेका बिद्यालयहरुले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नगरेको भन्दै सल्यानको शारदा नगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाइएको छ । जिल्लामा पनि कोरोना भाइरसको जोखिम कायमै रहेकाले यहाँ स ञ्चालन भएका बिद्यालयहरुले कोरोनाबाट बच्न सजकता नअपनाएकाले ध्यानाकर्षण पत्र बुझाइएको हो ।
मानव अधिकार समुह शारदा नगरपालिकाका संयोजक मुना हमालले शारदा नगरपालिका उपप्रमुख सावित्रा बस्नेतलाई ध्यानाकर्षण पत्र बुझाउनुभएको हो । नगरका अधिकांश बिद्यालयहरुमा स्वास्थ्य सुरक्षाका मापदण्डहरु मास्क, स्यानिटाइजर, सावुन पानीले हात धुने ब्यवस्था नभएकाले यसलाई गम्भिरताका लिनुपर्ने ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।
यस्तै यस्तै वजारका एग्रोभेट पसलहरुमा सरकारले सुचिकृत गरेका भन्दा बाहिरका बिषादीहरु बिक्री वितरण भैरहेकाले यसको प्रभावकारी अनुगमण गरिनुपर्ने, शारदा नगरपालिकामा भुमिहिनहरुको तथ्यांक संकलन गरिनुपर्ने, सदरमुकाख खलंगा र श्रीनगरका पेटी तथा सडक छेउहरुमा तरकारी तथा फलफूल वितरण भइरहेकाले यसको उचित स्थानमा बिक्री वितरण केन्द्र स्थापना गरिनुपर्ने लगाएका मागहरु समाबेश गरिएका छन् ।
ध्यानाकर्षण पत्र बुझ्दै नगर उपप्रमुख सावित्रा बस्नेतले मानव अधिकार समुहले राखेका मागहरु जायज भएकाले तत्काल सम्बोधनका लागी पहल गरिने जानकारी दिनुभयो ।