सल्यान २९, पुस ।
सल्यानमा बसले ठक्कर दिदा मोटरसाइकल चालकको मृत्यु भएको छ । जिल्लाको ढोरचौरबाट श्रीनगर तर्फ आउदैँ गरेको ना ३ ख ९६४३ नम्बरको बसले श्रीनगरबाट बरलातर्फ जाँदै गरेको रा ३ प ८६६७ नम्बरको मोटरसाइकललाई ठक्कर दिदाँ मोटरसाइकल चालक शारदा नगरपालिका ६ बरला निवासी ३० बर्षिय बिरेन्द्र भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
मोटरसाइकल चालक भडारीलाई बसले बरला बजार नजिकै ठक्कर दिएको प्रहरीले जनाएको छ । गम्भीर घाईते भण्डारीको उपचारको क्रममा जिल्ला अस्पताल सल्यान सल्यानमा मृत्यु भएको हो । ठक्कर दिने बस प्रहरीको नियन्त्रणमा रहेको र चालकको खोजी कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।