दुर्गा विसी,
सल्यान १, माघ ।
नेपाली कांग्रेसका केन्द्रिय सदस्य प्रदीप पौडेलले बैशाख महिनामा मध्यावधि चुनाव गराउँछु भन्नु प्रधानमन्त्री केपि शर्मा ओलीको बहाना मात्रै भएको बताउनुभएको छ । बहुमत प्राप्त संसद विघटन गरे बैशाखमा चुनाव गराउछुँ भन्नु बहाना भएको बताउदैँ उहाँले यसले आमनागरिकलाई अलमलमा पार्ने र देशलाई अस्थिता तर्फ धेकेल्ने काम मात्रै भएको बताउनुभएको हो । आज बिहान सल्यानको सल्लीवजारमा नेपाली काँग्रेसका नेता कार्यकर्ताहरुसँगको भेटघाटका क्रममा उहाँले यस्तो बताउनुभएको हो ।
प्रधानमन्त्री ओलीले गत पुस ५ गते संसद विघटन गरेर आगामी बैशाख १७ र २७ गते गरेर दुइ चरणमा मध्यावधि निर्र्वाचनको घोषणा गरिएको छ । पौडेलले संविधान कुल्चेर चुनाव वनाउँछु भन्नु ओलीको सर्वसत्तावाद भएको बताउनुभएको हो । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवराले न्यायलय कब्जा र प्रधानमन्त्री ओलीले अवैधानिक रुपमा सत्ता कब्जा गरेको उहाँको आरोप रहेको छ । उहाँले वर्तमान नेकपा सरकार इतिहास कै सबैभन्दा असफल सरकार भएको बताउनुभयो
सो अवशरमा नेता पौडेललेसँग नगर सभापति टोपवहादुर भण्डारी, जिल्ला कार्यसमिति सदस्य उषा राना, पुरुषोतम आचार्य लगाएतका स्थानिय नेताहरूले आफ्नो क्षेत्रमा क्रियाशिल सदस्य कम भएको दुखेसो पोख्नुभएको थियो ।