सल्यानमा एक बिद्यार्थी सहित ३ जनामा कोरोना पुष्टि

दुर्गा विसी,
सल्यान १, माघ ।
सल्यानमा एक जना बिद्यार्थी सहित ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेश अस्पताल, पशुपंक्षि रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पिसिआर परिक्षणमा जिल्लाको बन्गाड कुपिण्डे नगरपालिकाका एक जना बिद्यार्थी सहित ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
जसमा प्रभाकर माद्यामिक बिद्यालयका १६ बर्षिय बिद्यार्थी एक जना, देवस्थल स्वास्थ्य चौकीमा कार्यरत ३५ वर्षकी अनमी र गंगा प्राथमिक विद्यालय अम्रामा कार्यरत ३७ वर्षीया शिक्षिकामा कोरोना भाइरस संक्रमण पुष्टि भएको नगरपालिकाले जनाएको छ ।

मंगलबार गरिएको स्वाब परिक्षण अनुसार ३ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य शाखा संयोजक बासुदेव पोख्रेलले जानकारी दिनु भएको छ । विद्यालय तथा सामुदायस्तरमा कोरोना देखिएकाले सबैलाई सचेत रहन नगरपालिकाले आग्रह गरेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस