राष्ट्रिय संगितकर्मी संघ सल्यानको अध्यक्षमा वली र सचिवमा रोका चयन

सल्यान ३, माघ ।
राष्ट्रिय संगितकर्मी संघ सल्यानको प्रथम अधिबेशन सम्पन्न भएको छ । जिल्लाको सदरमुकाम खलंगा स्थित वालमन्दिरको हलमा शनिवार राष्ट्रिय संगितकर्मी संघ सल्यानको प्रथम अधिबेशन सम्पन्न भएको हो । अधिबेशनले कुल बहादुर वलीको अध्यक्षतामा १७ सदस्यीय जिल्ला कार्य समिती चयन गरेको छ । जसको उपाध्यक्षमा प्रेमिका शर्मा, सचिवमा रविन रोका र कोषाध्यक्षमा लिला खत्री रहनुभएको छ ।

अधिबेशनको उद्घाटन कार्यक्रममा शारदा नगरपालिकाका प्रमुख सुरेश अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो । सो अबशरमा बोल्दै नगर प्रमुख अधिकारीले नेपाली मौलिक लोक कला र संस्कृतिको संरक्षण गर्नुपर्ने आबश्यकता रहेको औँल्याउनुभएको छ । अहिलेको समयमा पुराना नेपाली लोकसंस्कृतिक लोप हुदैँ गएको बताउदैँ उहाँले युवापुस्तालाई यसको संरक्षणमा आकृर्षित गर्न आबश्यक रहेको बताउनुभएको हो । राष्ट्रिय संगितकर्मी संघ सल्यानका नवनिर्वाचित अध्यक्ष वलीले नेपाली मौलिक कला, गला र संस्कृतिको संरक्षणका लागी यसको भुमिका महत्वपुर्ण हुने बताउनुभएको छ ।

 

प्रतिक्रिया दिनुहोस