संसद् विघटनविरुद्ध नेपाली कांग्रेस सल्यानद्धारा सबै स्थानीय तहमा विरोध प्रदर्शन

दुर्गा विसी/जीत प्रसाद आचार्य,
सल्यान ३, माघ ।
नेपाली कांग्रेस सल्यानले संसद् विघटन विरुद्ध जिल्लाका दश वटै स्थानीय तहमा विरोध प्रदर्शन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बिघटन गरेर असंबैधानिक, अलोकतान्त्रिक र असान्दर्भिक कार्य गरेकाले सरकारको यस कदमविरुद्ध जिल्लाका दश वटै स्थानिय तहमा बिरोध प्रदर्शन गरेको हो ।
पुस १३ गते जिल्लास्तरमा र पुस २५ गते जिल्लाका दुबै निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको र आज सबै स्थानिय तहमा प्रदर्शन गरेको नेपाली काग्रेस सल्यानले जनाएको छ । बिरोध ¥याली पछि भएको कोण सभालाई केन्द्रिय तथा जिल्ला स्तरका नेताहरुले सम्बोधन गरेका थिए । सो अबशरमा उनीहरुले प्रधानमन्त्री ओलीले संसद विघटन गरेर जनमतको अपमान गरेको बताएका छन् ।

बन्गाड कुपिण्डे नगरपालिकामा प्रदर्शन
केपी ओलीको पाराले दुख पाए साराले भन्ने नाराका साथ सल्यान पश्चिम बन्गाड कुपिण्डे नगरपालिकामा नेपाली कांग्रेसले विरोध प्रदर्सन गरेको छ । बजार परिक्रमा गरि सल्लिवजारको पार्टी कार्यालय अगाडि कोण सभामा वोल्ने नेताहरुले प्रतिनिधि सभा विघटनको चर्को विरोध गरेका थिए । र्यालि पछि कोण सभामा नेपाली कांग्रेसका स्थानीय नेताहरुले केपि वलिलाइ इतिहासकै गद्दारका रुपमा परिचित गरे । अझै देश केपि र प्रचण्डको हातमा पुगे झन उधोगतिमा जाने जनाए ।
कार्यक्रममा नेपाली नेपाली कांग्रेसका नेताहरु प्रेमवहादुर डाँगी, दुर्गा खड्का, दिपेन्द्र विष्ट, उषा राना, पुरुषोतम आचार्य, नगर कार्य समिति सचिव भुपाल साहु, क्षेत्रिय कार्य समिती रिता वली, तरुण दल नगर अध्यक्ष विजय वस्नेत, उपाध्यक्ष शंकर वुढाथोकी शिक्षक संघ नगर अध्यक्ष सुरेन्द्र खड्का, दलित विद्यार्थी संघ जिल्ला अध्यक्ष खिमलाल विक, विद्यार्थी संघका जिल्ला कार्य समिति सदस्य मोहन विष्ट लगाएतको बोल्नुभएको थियो । नगर सभापति टोपवहादुर भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन रामवहादुर वस्नेतले गर्नुभएको थियो ।

कपुरकोट गाउँपालिकामा प्रर्दशन
नेपाली काँग्रेस कपुरकोटले पनि कपुरकोटमा बिरोध प्रदर्शन गरेको छ । विरोध सभामा नेपाली काँग्रेसका नेताहरु डिल्लीराज रेग्मी, मीन बहादुर सेन, दुर्गा बहादुर गिरी, बामदेब अधिकारी, बिष्णु प्रसाद शर्मा, एकराज वली, तरूण दल कपुरकोटका अध्यक्ष कुबेर केसी, प्रदिप खड्का लगाएतकाले बोल्नुभएको थियो । कृष्ण कुमार शर्माको स्वागत मन्तब्यबाट शुरू भएको कार्यक्रमको संचालन तिलक देवकोटाले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस