संसद बिघटनको बिरुद्धमा नेकपा (प्रचण्ड-नेपाल) द्धारा सल्यानको कपुरकोटमा प्रदर्शन


जीत प्रसाद आचार्य,
सल्यान ५, माघ ।
संसद बिघटनको असंबैधानिक कदमका बिरुद्धमा सल्यानमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड नेपाल पक्षले बिरोध प्रदर्शन गर्दै आएको छ । यसैक्रममा नेकपा कपुरकोटको आयोजनामा बिरोध र्याली तथा बिरोध सभा कपुरकोटमा सम्पन्न भएको छ । बिरोध र्याली पछि आयोजित कार्यक्रममा बोल्ने बक्ताहरुले संसद विघटन गरेर प्रधानमन्त्री ओलीले असंबैधानिक, अलोकतान्त्रिक र जनभावना विपरित काम गरेको बताएका छन् ।
नेकपाका नेता तिर्थराज बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा दाङ क्षेत्र नंम्बर १ का संघिय सांसद तथा केन्द्रीय सदस्य मेटमणि चौधरीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा सल्यान क्षेत्र नम्बर २ का इन्चार्ज उदय बहादुर बोहरा, दाङ जिल्ला पार्टी कार्यालय सचिव चुडामणी बेलवासे, नेकपा कपुरकोट गाउँ कमिटी इन्चार्ज भद्रसिंह बुढा, युवा संघ सल्यानका संयोजक प्रकाश भण्डारी, कपुरकोट गाउँ कमिटीका सदस्य जित प्रसाद आचार्य, अमर राणा, वडा नंम्बर ५ का वडा अध्यक्ष यम कुमार बस्नेत, वडा नम्बर ं४ का वडाअध्यक्ष हरिलाल पुन, शिक्षक महासंघ सल्यानका अध्यक्ष मधुसुदन गिरी, नेपाल बार एसोशियसन सल्यानका उपाध्यक्ष दुर्गा बहादुर पुन, प्रमोद कुमार खड्का, पुर्भान पुन लगाएतले बोल्नुभएको थियो ।
कपुरकोट गाउपालिकाका उपाध्यक्ष तिला बुढा मगरको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन जिल्ला कमिटीका सदस्य टोपेन्द्र केसीले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस