दुर्गा विसी,
सल्यान ६, माघ ।
सल्यानका बिबेक पुनलाई सानै देखी ढुंगाका मुर्तिहरु कुद्ने असाध्यै रहर थियो । घरमा बस्दा होस् या बिद्यालयमा पढ्दा होस, बिभिन्न बस्तुका आकृतिहरु वनाउनेमा उहाँको ध्यान बढी थियो । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर ५ मैनिनेको भिरालो पाखोमा उहाँको घर छ । त्यही घर आसपासका पखेराका ढुंगाबाट निकै आक्रर्षक र सौन्दर्यपुर्ण मुर्ति कुद्नु उहाँको अहिले दैनिकी बनेको छ ।
गणेश, शिव, पार्वती, सरस्वती लगाएत देबिदेबता तथा बिभिन्न जनावर आदीका मुर्ति कुद्दै आउनुभएका उहाँ भने अहिले निरास हुनु हुन्छ । मुर्ति कुदेर नै पहिचान बनाउने र आर्थिक उपार्जन गर्ने लक्ष्य बोकेका उहाँले अहिले आफुले कुदेका ढुंगाका मुर्ति बिक्री नभएको बताउनुभएको छ । निकै मेहेनत र समय लगाएर निर्माण गरेका मुर्तिले वजार नपाउदा निकै खिन्नता भएको उहाँको भनाइ छ । उहाँका अनुसार एउटा मुर्तिको मुल्य ३० हजार सम्म पर्दछ ।
घरेलु औजारको प्रयोग गरी प्राकृतिक बनौटका ढुङ्गाबाट ती मुर्तिको सजावट दिनु सामान्य होइन् तर आफुले तयार पारेका मुर्तिको प्रचारप्रसारका लागि वेलावेला मेला महोत्सव देखि देशका विभिन्न शहर सम्म जाने गरेपनि यसको ब्यवसायीकरण र वजारीकरणका लागी कुनैपनि निकायबाट सहयोग नहुदा समस्या भएको उहाँको दुखेसो छ । अन्य आकृतिको भन्दा ढुङ्गाको आकृतिको मुर्ति वलियो, टिकाउ, भरपर्दो र सजावट गर्न लायक र सस्तो हुने उहाँको भनाई छ ।
घरवरिपरि सयौं विभिन्न कलाका आकृतिगत मुर्ति वर्सौ देखिको मेहनतका ती चिजहरु तेतिकै भित्ताहरुमा ठडिएका छन् । ती मुर्तिले प्रचारप्रसार र वजार नपाउदा निकै ठुलो मेहेनत त्यसै खेर गएको छ उहाँले भन्नुभयो स्थानीय मठमन्दिरमा आवश्यक केही मुर्तिको माग भएपनि खासै वजारमा प्रचारप्रसार नभएर होला, यहाँ सम्म कोही आउनु हुदैन् । आफ्नो घर नै खोच, दुरदराजको भएकाले पनि कलाले स्थान नपाएको हुनसक्ने उहाँको भनाइ छ ।
उहाँले मुर्ति मात्रै नभएर ढुङ्गाकै सालिक समेत बनाउने गर्नुहुन्छ । आफुले रातदिन लगाएर कुदेका मुर्तिले वजार पाए निकै आत्मा सन्तुष्टि हुने उहाँको भनाइ छ । साथै ढुंगाबाट कुदिएका मुर्तिहरुको वजार ब्यवस्थापन गरिदिन उहाँको माग गरेको छ ।