कुरिती र हिंसा विरुद्ध कपुरकोटका वडास्तरमा तालिम सञ्चालन

 

सल्यान ७, माघ ।
सल्यानको कपुरकोट गाउँपालिकाले कुरिती, कुप्रथा,लैंगिक हिंशा, मानव बेचविचन तथा ओसारपसार विरुद्ध वडास्तरमा सचेतनामुलक तालिम सञ्चालन गरेको छ । गाउँपालिकाका बसै वडामा तालिम सञ्चालन गरिएको महिला विकास शाखा प्रमुख लक्ष्मी महताराले जानकारि दिनुभयो ।

मंगलबार वडा नं १ र दुईको संयुक्त तालिम गर्पामा सम्पन्न भएको छ । कार्यक्रममा कपुरकोट गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनले समाजमा विकृतीका रुपमा रहेको बालविवाह, बहुविवाह र बोक्सी जस्ता सामाजिक कुरीति विरुद्धको लडाँईमा सबै एक जुट हुनुपर्नेमा जोड दिनुभयो । सेनले राजनितिक परिवर्तनले मात्रै नपुग्ने भन्दै सामाजिक र आर्थिक रुपान्तरण आवश्यक रहेको बताउनुभयो ।

गाउँपालिका उपाध्यक्ष तिला बुढा मगर, वडा नं १ का वडा अध्यक्ष बालाराम खड्का, २ का वडा अध्यक्ष मान बहादुर राना लगाएतले बोल्दै कानुनी रुपमा दण्डित र सामाजिक रुपमा कुसंस्कारको रुपमा रहेका सबै प्रकारका चलनहरुको अन्त्यका लागि सरोकारवाकाहरु दृढताको साथ लाग्नुपर्ने बताउनुभयो । कार्यक्रमको सञ्चालन सामाजिक परिचालक प्रकाश ओलीले गर्नुभएको थियो । एक वडाका १० जना लाई तालिम प्रदान गरिएको महिला विकास शाखा प्रमुख महताराले बताउनुभयो । जसमा महिलाहरुको सहभागीता बढी थियो ।

 

 

प्रतिक्रिया दिनुहोस