सल्यानमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या १२

सल्यान ७, माघ ।
सल्यानमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या १२ रहेको छ । जिल्लामा पछिल्लो समयमा कोरोनाका नयाँ संक्रमित नभेटिएपछि सक्रिय संक्रमितको संख्या घटेको हो । हाल सम्म जिल्लामा कोरोना भाइरसका जम्मा संक्रमितको संख्या ७ सय ३८ रहेको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ । जिल्लामा हाल सम्म ७ सय २६ जना डिस्चार्ज भएका छन् । यस्तै हाल सम्म जिल्लामा १ जनाको कोरोनाका कारण मृत्यू भएको छ ।

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित