फोटो : पुस २२ गते खलंगामा सम्पन्न पुर्ण कार्य समितीको बैठक
सल्यान ८, माघ ।
नेपाल पत्रकार महासंघ जिल्ला शाखा सल्यानको वार्षिक साधारण सभा स्थगित भएको छ । यहि माघ १० गते शनिबारको दिन खलंगामा हुने भनिएको वार्षिक साधारणसभा विशेष कारणले स्थगित गरिएको सल्यान शाखाले जनाएको छ । आबश्यक तयारी अपुग लगाएतका विशेष कारणले साधारणसभा स्थगित गरिएको अध्यक्ष प्रतिक इच्छुक शर्माले जानकारी दिनुभयो ।
साथै स्थगित साधारणसभा यही माघ १७ गते विहान ११ वजे पत्रकार महासंघ सल्यानको आफ्नै भवनमा हुने उहाँको भनाइ छ । साधारणसभामा महासंघको सल्यान शाखाको आर्थिक तथा सांगठनिक प्रतिवेदन पेश गरिने छ । साथै वार्षिक साधारणसभामा उपस्थितिको लागि सल्लाहकार, केन्द्रिय तथा प्रदेश पार्षद, पदाधिकारी, कार्यसमिति सदस्य तथा साधारण सदस्यहरु सबैमा नेपाल पत्रकार महासंघ जिल्ला शाखा सल्यानले आग्रह गरेको छ ।