दुर्गा विसी,
सल्यान ९, माघ ।
सल्यानका बिद्यार्थी, शिक्षक लगाएतका गरी १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रदेश अस्पताल, पशुपंक्षिरोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पिसिआर परिक्षणमा जिल्लाको पश्चिमी क्षेत्र बन्गाड कुपिण्डे नगरपालिकाका बिद्यार्थी र शिक्षकहरुमा कोरोनाभा पोजिटिभ देखिएको हो । ४७ जनाका स्वाब संकलन गरेर पिसिआर गर्दा १६ जनामा कोरोना देखिएको हो ।
जसमा प्रभाकर माद्यामिक बिद्यालयका ८ विद्यार्थी, बिद्यालयका सहायक प्रधानाध्याप, बन्गाड क्याम्पस बन्गाड सल्यानका क्याम्पस प्रमुख, गंगा प्राथामिक बिद्यालय अम्राका प्रधानाध्यापक सहित १ शिक्षक, मुक्ति माद्यामिक बिद्यालयका प्रधानाध्यापक, नगरपालिकाको महिला तथा वालवालिका शाखाकाका एक जना कर्मचारी र लक्ष्मी वैंक सुर्खेत सिम्ताका शाखा प्रवन्धक सहित १६ जनाको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको बन्गाड कुपिण्डे नगरपालिकाले जनाएको छ ।
सबै भन्दा वढी नगरले आइसुलेसन वनाएको प्रभाकर माध्यमिक विद्यालयका विद्यार्थीको कोरोना रिपोर्ट पोजेटिभ देखिन थालेको छ । कोरोना रिपोर्ट पोजेटिभ आउनेमा प्रभाकर माद्यामिक बिद्यालय देवस्थलका विद्यार्थीहरु वर्ष २१, १६, १४, ११, १५, १०, १५, १४ यस्तै शिक्षक तर्फ वर्ष ४६, ३९, ४१, ५४, ३९, वैंक कर्मचारी बर्ष ३० र नगरपालिकाका कर्मचारीको उमेर भने ३२ रहेको छ । सबैलाई घरमै आइसुलेसनमा वस्न अनुरोध गरिएको छ ।
पछिल्लो चरणमा कोरोना रिपोर्ट पोजेटिभ आए पनि होम आइसुलेसनमा नवसि परिवारसँगै र छरछिमेक घुलमिल भैरहेको देखिन्छ । कोरोनालाइ निकै हेल्चक्रयाइ तवरेले हेरिरहेको छ । साथै कोरोना लक्षणसँग मिल्दोजुल्दो संकेत देखिएमा स्वास्थ्यकर्मिको सम्पर्कमा रहि सल्लाह लिन र चेकजाँच गराउन समेत नगर स्वास्थ्य शाखाको अपिल छ ।