थप एक जनाको मृत्यु भएसँगै सल्यानमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ पुग्यो

सल्यान ९, माघ ।
सल्यानमा कोरोना भाइरस संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । सल्यान जिल्ला अस्पतालमा उपचाररत शारदा नगरपालिका वडा नम्बर ३ का ९० वर्षीय वृद्धको मृत्यु भएको हो । गत पुस २७ गते सामान्य बिरामी भएर अस्पताल भर्ना भएका वृद्धको शुक्रबार बिहान उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य सेवा कार्यालय सल्यानका कोरोना फोकल पर्सन रिखाराम पुनले जानकारी दिनुभयो ।

विरामी भएर अस्पताल भर्ना भएका ती बृद्धको कोरोना संग मिल्दो लक्षण देखिएपछि कोरोना परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो । शवको नेपाली सेनाले ब्यवस्थापन गरेको छ । यसअघि पनि सल्यान श्रीनगरका एक जनाको कोरोना संक्रमण कै कारण मृत्यु भएको थियो । यससँगै जिल्लामा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस