बन्गाडका बिद्यालयमा आयुर्वेद स्वास्थ्य योग शिक्षा कार्यक्रम सञ्चालन

दुर्गा विसी,
सल्यान १०, माघ ।
सल्यानको बनगाड कुपिण्डे नगरपालिका अन्र्तगत रहेको आयुर्वेद स्वास्थ्य शाखाले विद्यालय आयुर्वेद स्वास्थ्य योग शिक्षा कार्यक्रम सञ्चालन गरेको छ । नगरका सबै माद्यामिक विद्यालयमा पुगेर उक्त प्रशिक्षणमुलक शिक्षा दिन सुरु गरिएको हो । आयुर्वेद र योग शिक्षाको विषयमा विद्यार्थीहरुलाइ प्रशिक्षित पार्ने काम भैरहेको शाखा प्रमुख हेमन्त चन्दले जानकारी दिनुभयो ।

विद्यालयमा पुगेर विद्यार्थीलाई आयुर्वेद र योगका फाइदा र आफ्नै क्षेत्रमा उत्पादित जडिबुटी प्रयोगका वारेमा उक्त कार्यक्रम केन्द्रित रहेको उहाँको भनाई छ । सचेतनामुक कार्यक्रममा विशेष गरि घरेलुु जडिबुटीलाई महत्त्व दिन विशेष जोड दिएको छ । स्वास्थ्यको लागि हितकर वैज्ञानिक रुपमा समेत फाइदा हुने जनाएको छ । मावि च्युरामा विहिवार र शुक्रबार कृष्ण मावि लेखसंग्रहिमा आयुर्वेद स्वास्थ्य र योग शिक्षाका विषयमा विद्यार्थीलाई तालिम दिएको थियोे ।

विद्यार्थीलाई स्वास्थ्य सम्बन्धि जानकारीमुलक प्रशिक्षण तथा तालिमले राम्रो हुने शिक्षकहरुको भनाइ रहेको छ । विद्यार्थीलाई योग आशानबाट हुने फाइदा र एलोपेथिक आयुर्वेद औसधि प्रयोग गर्दा स्वास्थ्यलाई हुने फाइदाका वारेमा वढि प्रशिक्षित पार्ने काम भएको छ । बनगाड कुपिण्डे नगरपालिका सल्यानको देवस्थल आयुर्वेद औषधालय शाखाको आयोजनामा विद्यालय स्तरिय आयुर्वेद स्वास्थ्य र योग कार्यक्रम सञ्चालन चलिरहेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस