सल्यान १०, माघ ।
सल्यान प्राकृतिक तथा साँकृतिक रुपले धनि जिल्ला हो । उच्चता र गहनताको देश भित्र एउटा अलौकिक स्वर्गको टुक्राको रुपमा सल्यान चिनिन्छ । प्राकृतिक, धार्मिक एंव सांस्कृतिक हिसाबले सल्यान जिल्लाको स्थान निकै उच्च छ । कृषि, वन, उद्योग जस्तै सल्यानमा पर्यटन क्षेत्रका पनि थुप्रै सम्भावना छन् । सल्यानलाई चिनाउन हामीले सल्यान जिल्ला सहित अन्य आसपासका तस्विरहरु संकलन गरेर सल्यान टुडेमा स्थान दिदैँ आएका छौँ ।
हेर्नुहोस् विभिन्न कोणबाट क्यामेराको क्यानभासमा कैद गरिएका साताका सात उत्कष्ट तस्वीरहरु :
तस्वीरमा सल्यानको प्रमुख पर्यटकिय स्थल कुपिन्डे ताल ।
तस्वीरमा सल्यानको पश्चिम क्षेत्र बनगाड कुपिण्डे नगरपालिकामा पर्ने बजार बालुवासंग्रही ।
तस्वीरमा देखिएको यो मनमोहक दृश्य सल्यानको कुमाख गाउँपालिकामा पर्ने सुन्दर ठाउँ त्रिवेणी आसपासको हो ।
तस्वीरमा सल्यानको खामे लेक आसपासको मनोरम दृश्य ।
तस्वीरमा शारदा नगरपालिका वडा.नं. ४ मा पर्ने सहिद नेत्रलाल अभागी प्राविधिक शिक्षालय ।
तस्वीरमा सल्यानको कुपिण्डे ताल नजिकै पर्ने बाबियाचौर वजार ।
तस्वीरमा देखिएको यो सुन्दर दृश्य सल्यानको कुमाख गाउँपालिकामा पर्ने कोटको हो ।