नेत्रहीनका सवालमा जनप्रतिनिधि र कर्मचारीविच अभिमुखिकरण

दुर्गा विसी,
सल्लीवजार ११, माघ ।
सुर्खेतको सिम्तामा दृष्टिविहीन नागरिकहरुको अवस्था, सवालहरुको विषयमा जनप्रतिनिधि र कर्मचारीहरुलाई अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । एनएबि डिएबी सुर्खेत प्रोजेक्टको आयोजनामा सुर्खेत नेत्रहीन संघ सिम्ता गाउँपालिकाको आयोजनामा सो कार्यक्रम भएको हो । सिम्तामा दृष्टिविहिन नागरिकहरुको अवस्था र तिनिलाइ हेर्ने नजरको वारेमा व्यापक छलफल गरिएको छ ।दृष्टिविहिन नागरिकले पाउने स्याहारसुसार तथा स्थानीय सरकारबाट उनिहरुको जीवन यापनमा सहजिकरणका लागि के कस्तो प्रयास हुने गरेका छन भन्ने विषयमा समेत छलफल चलाएको थियोे ।

सिम्ता गाउँपालिका सुर्खेत नेत्रहिन संघका शाखाका अध्यक्ष चेतन सुनारको अध्यक्षता भएको कार्यक्रम ,सिम्ता गाउँपालिकाका उपाध्यक्ष चन्द्रकला शाहीको प्रमुख आतिथ्यता रहेको थियोे । त्यसै गरि सिम्ता गाउँपालिकाका प्रमुख प्रशासक अधिकृत टोपबहादुर राना,सिम्ता गाउँपालिकाका ९ वटै वडाका वडा अध्यक्षहरु, सिम्ता गाउँपालिकाका विभिन्न शाखाका प्रमुख तथा प्रतिनिधिहरु,सिम्ता गाउँकार्यपालिकाका सदस्य, ९ वटै वडाका वडासचिव, सुर्खेत नेत्रहीन संघका अध्यक्षतोरण अधिकारी उपस्थिति रहेको थियोे ।

नेत्रहीन संघ सुर्खेतका उपाध्यक्ष योगेन्द्र शाहीको स्वागत मन्तव्य,एनएबिरडिएबी सुर्खेत परियोजना संयोजक रविन्द्रकुमार चन्दले प्रशिक्षण तथा कार्यक्रमको वारेमा सहजिकरण गर्नु भएको र सञ्चालन सामाजिक परिचालिका झरना रानाले गर्नु भएको जनाएको छ ।हाल नेत्रहिनहरुको अवस्था उनिहरले पाउने सेवा सुविधाको हालको अवस्था कस्तो छ कसरी सहजिकरण गर्न सकिन्छ भनेर समस्याको निराकरणका उपायबारे खोजि गरिएको थियोे ।

 

 

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित