सल्यान जेसिस बर्ष २०२१ का लागी अध्यक्षमा मोहन सारु निर्वाचित


सल्यान ११, माघ ।
सल्यान जेसिस बर्ष २०२१ का लागी अध्यक्षमा मोहन सारु निर्वाचित हुनु भएको छ । सल्यानको श्रीनगरमा सम्पन्न अधिबेशनले मोहन सारु अध्यक्ष रहेको नयाँ पदाधिकारी गरेको हो । जसको कार्यकारिणी उपाध्यक्षमा हपिस भण्डारी, मोहन डाँगी, महासचिवमा दीपक बोहरा चयन हुनु भएको छ । यस्तै उपाध्यक्षमा दिपेन्द्र डाँगी, अशोक बोहरा, गुरु प्रसाद ओली, देवराज घिमिरे, कोषाध्यक्षमा गणेश बिश्वकर्मा र सचिवमा आषिश केसी रहनु भएको छ । साथै सल्यान जेसिसको पद हस्तान्तरण कार्यक्रम यही माघको २४ गते शनीवारका दिन भगवती सिनेमा हल श्रीगनरमा हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित