कालिमाटी गाउँपालिकामा कोभिड-१९ अस्थायी अस्पतालको उद्घाटन

सल्यान ११, माघ ।
सल्यानको कालिमाटी गाउँपालिकामा कोभिड अस्थायी अस्पतालको उद्घाटन गरिएको छ । हरेक स्थानिय तहमा ५ बेडको कोभिड अस्थायी अस्पताल सञ्चालन गर्ने केन्द्रिय सरकारको निर्देशन वमोजिम कालिमाटी गाउँपालिकामा निर्माण गरिएको कोभिड अस्थायी अस्पतालको आज गाउँपालिका अध्यक्ष दान बहादुर केसीले उद्घाटन गर्नुभएको हो ।

कोभिड अस्थायी अस्पताल सञ्चालनको लागी डाक्टर १ जना, स्टाफ नर्स २ जना र कार्यालय सहयोगी १ जना गरी ४ जना कर्मचारी करारमा भर्ना गरेर विधिवत रुपमा सेवा शुरु गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक गोरख बहादुर थापाले जानकारी दिनुभयो । उहाँले कर्मचारी भर्ना गरेर परामर्श लगाएतका अन्य सेवाहरु पहिले देखी नै सुचारु गरेपनि विधिवत रुपमा भने अहिले मात्रै उद्घाटन गरिएको जानकारी दिनुभयो ।

कोभिड अस्थायी अस्पताल उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष केसीले दोस्रो चरणको कोरोना भाइरस बिश्वका बिभिन्न देशहरुमा भेटिएको अबस्थामा गाउँपालिकामा यसको रोकथामको लागी महत्वपुर्ण भुमिका निर्वाह गर्ने बताउनुभयो । विगतमा गाउँपालिकामा कोभिड अस्पताल नहुदाँ समस्या भएको बताउदैँ अबका दिनमा भने सहजता हुने उहाँको भनाई छ ।

कोभिड अस्थायी अस्पताल उद्घाटन कार्यक्रममा वडाअध्यक्ष, स्वास्थ्यकर्मी लगाएत सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित