सामुदायिक विद्यालयको बिजोग : दुई वर्षसम्म शिक्षक पदपूर्ति हुन सकेन

दुर्गा विसी,
सल्यान १४, माघ ।
सल्यानको बनगाड कुपिण्डे नगरपालिका वडा नं. ४ मा रहेको जय नेपाल आधारभुत विद्यालयमा अंग्रेजी र गणित बिषयको शिक्षक पदपूर्ति हुन सकेको छैन । जसको कारण विद्यार्थीको पढाई लेखाइ मा समस्या भएको छ । विद्यालयमा शिक्षक पदपूर्ति हुन नसक्नुकाे एउटै कारण हो राजनीति दवाव ।

जसका कारण विद्यालय व्यवस्थापन समितिले विज्ञापन खाेल्न सकिरहेको छैन । अंग्रेजी र गणित विषयलाई समाजिक वा नेपाली वनाउन खाेज्दा समस्या भएको छ ।उक्त विषयमा गणित तर्फ भरत रावत र अंग्रेजी शिक्षक देविलाल परियार स्थायी भइ अन्यत्र गए पछि साे राहत काेटा खालि भएको थियोे । विद्यार्थी भने उक्त विषय नपढी परिक्षा दिने गरेका छ । विद्यालयकाे चरम लापरबाही प्रती स्थानीय अभिभावक राेष प्रकट गर्दछ्न । स्थानीय महिला नेतृ उषा रानाका अनुसार विद्यालयकाे मुख्य विषय फेरवदल गर्न खाेज्दा र आफ्ना कार्यकर्ता भर्ती केन्द्र वनाउन खाेज्दा यहाँको पढाइ अस्तव्यस्त वनेकाे छ ।

यस तर्फ यहाँका जनप्रतिनिधि, विद्यालय प्रशासन देखि स्थानीय राजनीतिक अगुवाहरु नै मुख्य दाेषि रहेको उहाँको भनाइ छ । निति विधि र मुख्य विषय परिवर्तन गरि साधारण विषय भएमा विद्यालय नवन्ने अन्य स्थानीय अभिभावककाे भनाइ छ । राजनीतिक स्वार्थ र आफ्ना मान्छे राख्न खाेज्दा संस्थालाई धरासयि नबनाउन पटकपटक अभिभावकले चेतावनी दिदा समेत विद्यालय व्यवस्थापन समितिले निर्णय गर्न मानिरहेकाे छैन् ।विद्यालयकाे जटिल समस्या प्रति विद्यालय व्यवस्थापन समिति अध्यक्ष हिरालाल राना र प्रधानाध्याक चन्द्र राना पनि राजनीति दवावमा रहेका छन् ।

स्वतन्त्रपुर्वक विद्यालयलाइ निर्णय गर्ने अधिकारमा वाह्य राजनीतिम हस्तक्षेप देखिन्छ । यता नगर शिक्षा शाखाले पनि यस्तो कुरामा व्यवस्था देखाउने गरेको छ । शिक्षाकाे पठनपाठन सुधारका कुरामा नगर शिक्षा शाखा वेखवर वनेकाे छ । वर्सौ देखि रिक्त दरवन्दिमा शिक्षक पदपूर्ति गरि पठन पाठन अघि वढाउन निर्देशन दिने निकाय समेत राजनीति छायामा परेको छ । स्वतन्त्रपुर्वक आफ्नाे निर्देशन लागू गर्ने कुरा बनगाड कुपिण्डे नगर शिक्षा शाखा समेत निरहि वनेकाे छ । शिक्षाका सवालमा शाखाको प्रगति तेति उत्साहजनक देखिन्न । यस्ता कुरामा तत्काल ताकेता दिनुपर्ने शाखाको काम कर्तव्य हो तर तेसाे हुन नसकेको पाइन्छ । शिक्षक अभावमै यहाँका प्रस्तावित आधारभुत विद्यालयहरु १-५ झर्दैछ्न । धेरैले निजिमा राखेका शिक्षकहरुकाे तलव दिन नसक्दा संकट थपिएको छ भने जय नेपाल निमाविले दरवन्दि हुदाहुदै पनि शिक्षक पदपूर्ति गर्न सकिरहेको छैन । विज्ञापन खाेल्नका लागि धेरै पटक बैठक वस्याे तर निर्णय हुन सक्दैन ।

प्रतिक्रिया दिनुहोस