सल्यान १६, माघ ।
सल्यानको खलंगा कुपिण्डे बालुवासंग्रही सडक खण्ड केही समयका लागी अवरुद्ध हुने भएको छ । सो सडक खण्डमा माघ १७ गते शनीवारबाट निर्माण कार्य सुरुहुने भएकोले दिउँसोको समयमा सवारी आवतजावत बन्द हुनेभएको हो । पुर्बाधार बिकास कार्यलय सल्यानले एक सुचना जारि गर्दै माघ १७ गते शनीवार बिहान १० बजे देखि ४ बजेसम्म सो सडक खण्ड अवरुद्ध हुने जनाएको छ ।
बिहानको समयमा ८ बजे देखि १० बजेसम्म र बेलुका ४ बजे देखि ६ बजेसम्म दुइ/दइ घण्टा भने सवरीसाधन संचालन गर्न दिइने सुचनामा उल्लेख छ । तर जैतपानी स्वारा हुँदै चिसापानी गाइदुवाको बैकल्पिक बाटो भने प्रयोग गर्न सकिने कार्यालयले जनाएको छ । साथै खलंगादेखि कुपिन्डे ताल सम्म भने सवारी आवतजावत गर्न कुनै समस्या नरहेको कार्यालयले जनाएको छ ।