दुर्गा विसी,
सल्यान १६, माघ ।
सल्यानको बन्गाड कुपिण्डे नगरपालिकाका स्वास्थ्यकर्मीहरुलाई कोरोना भाइरस बिरुद्धको खोप लगाएका छन् । नगरपालिका भित्रका स्वास्थ्यकर्मी ३२ जना, महिला स्वास्थ्य स्वम्सेविका ३६ जना र १ जना सवारीचालक सहित ७० जनाले कोरोना बिरुद्धको खोप लगाएका हुन् । बाँकी स्वास्थ्यकर्मी र अन्यलाई पनि कोरोना खोप लगाउने नगर स्वास्थ्य शाखा संयोजक वासुदेव पोख्रेलले जानकारी दिनुभयो ।
खोप लगाएका सबैको स्वास्थ्य अबस्था सामान्य रहेको जनाइएको छ । देवस्थल स्वास्थ्य चौकीमा कोरोना बिरुद्धको खोप लगाउने स्वास्थ्य कर्मचारी र उक्त क्षेत्रमा कार्यरत कर्मचारी विहानै देवस्थल स्वास्थ्य चौकीमा पुगेका थिए ।