सल्यान जेसिसको चौथो पद हस्तान्तरण तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

सल्यान १७, माघ ।
सल्यान जेसिसको वर्ष २०२१ का लागि निर्वाचित पदाधिकारीहरुलाई पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । सल्यान जेसिसको वर्ष २०२१ का लागि अध्यक्ष मोहन सारुको अध्यक्षतामा भएको कार्यक्रममा २०२१ का नवनिर्वाचित अध्यक्ष, कार्यकारिणी उपाध्यक्ष हपिस भण्डारी, मोहन डाँगी, महासचिव दीपक बोहरा, उपाध्यक्षमा दिपेन्द्र डाँगी, अशोक बोहरा, गुरु प्रसाद ओली, देवराज घिमिरे, कोषाध्यक्ष गणेश बिश्वकर्मा र सचिव आशिष केसीलाई निर्वाचन समितीका संयोजक राजेन्द्र कुमार थापाले सपथ खुवाउनु भएको थियो ।

पद हस्तान्तरण कार्यक्रममा बोल्दै कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले सल्यानमा जेसिजलाई सामाजिक कार्यमा अग्रसरता लिइ एउटा नमुना संस्थाको रुपमा पहिचान बनाउन आग्रह गर्नुभयो । महामारीको रुपमा आएको कोरोना भाइरसको त्रासमा रहेका दैनिक मजदुरी गरिखाने बर्गलाई सल्यान जेसिसले गरेको राहत बितरणले एउटा अब्बल संस्थाको रुपमा आफुले बुझेको बताउनु भयो ।

पद हस्तान्तरण कार्यक्रममा जेसिज २०२० का राष्ट्रिय कार्यकारी उपाध्यक्ष लालमणि भण्डारीले सल्यान जेसिजलाई त्रिभुवननगर जेसिजले ४ बर्ष अगाडि एउटा शिशुको रुपमा दिएकोले यसलाई हुर्काउन सल्यानका आम युवाहरुले महत्वपूर्ण भुमिका खेलेको बताउनु भयो ।

 

प्रतिक्रिया दिनुहोस