सल्यान १७, माघ ।
नेपाल पत्रकार महासंघ जिल्ला शाखा सल्यानको बार्षिक साधारण सभा आज हुदैँ छ । गत शनिवार बिशेष कारणले स्थगित महासंघको पाँचौ साधारण सभा आज जिल्लाको श्रीनगर स्थित होटल युनाइटेडमा बिहान ११ वजे देखी शुरु हुदैँ छ ।
साधारणसभामा महासंघको सल्यान शाखाको आर्थिक तथा सांगठनिक प्रतिवेदन पेश गरिने अध्यक्ष प्रतिक इच्छुक शर्माले जानकारी दिनुभयो । उहाँले साधारण सभामा पाल्नुहुने प्रमुख अतिथि, अतिथि लगाएतका बिशिष्ट ब्यक्तिहरु जिल्लामा आइसकेको र साधारण सभाको सम्पुर्ण तयारी पुरा भएको जानकारी दिनुभयो ।
साथै वार्षिक साधारणसभामा उपस्थितिको लागि सल्लाहकार, केन्द्रिय तथा प्रदेश पार्षद, पदाधिकारी, कार्यसमिति सदस्य तथा साधारण सदस्यहरु सबैमा नेपाल पत्रकार महासंघ जिल्ला शाखा सल्यानले आग्रह गरेको छ ।