सल्यान १७, माघ ।
सल्यान प्राकृतिक तथा साँकृतिक रुपले धनि जिल्ला हो । उच्चता र गहनताको देश भित्र एउटा अलौकिक स्वर्गको टुक्राको रुपमा सल्यान चिनिन्छ । प्राकृतिक, धार्मिक एंव सांस्कृतिक हिसाबले सल्यान जिल्लाको स्थान निकै उच्च छ । कृषि, वन, उद्योग जस्तै सल्यानमा पर्यटन क्षेत्रका पनि थुप्रै सम्भावना छन् । सल्यानलाई चिनाउन हामीले सल्यान जिल्ला सहित अन्य आसपासका तस्विरहरु संकलन गरेर सल्यान टुडेमा स्थान दिदैँ आएका छौँ ।
हेर्नुहोस् विभिन्न कोणबाट क्यामेराको क्यानभासमा कैद गरिएका साताका सात उत्कष्ट तस्वीरहरु :
सल्यानको निलो आकाशमा देखिएको लोप हुँदै गइरहेको गिध्द ।
तस्वीरमा सल्यानको पश्चिम क्षेत्र बनगाड कुपीन्डे नगरपालिकामा पर्ने बजार रैकर ।
तस्वीरमा सल्यान जिल्लाको दोस्रो ठुलो लेक कुमाख लेक जुन कुमाख गाउँपालिका सल्यानमा अबस्थित छ ।
तस्वीरमा सल्यानको दार्मा गाउँपालिकामा पर्ने सुन्दर खेतहरु ।
तस्वीरमा सल्यानको शारदा नगरपालिकामा पर्ने खलंगा बजार आसपासको दृश्य ।
तस्वीरमा सल्यानको श्रीनगर स्थीत तल्लो बसपार्कमा देखिएका बसको दृश्य ।
तस्वीरमा सल्यानको बागचौर नगरपालिका वडा नं. १० सुलिमारे नजिकैको यो मनोरम दृश्य ।