बनगाड कुपिण्डेको घाँजरी-खलंगा जोड्ने सडकको उद्घाटन

दुर्गा विसी,
सल्यान १८, माघ ।
सल्यानको बनगाड कुपिण्डे नगरपालिकालाई सिधा सदरमुकाम सँग जोड्ने मोटर बाटोको उद्घाटन गरिएको छ । नगरपालिकाको वडा नम्बर ६ र ७ का स्थानीयलाई सिधा सदरमुकाम जोड्ने सडकको प्रदेश सांसद गुलाव जंग शाहले उद्घाटन गर्नु भएको छ । आँपखोली, मैदुपोखरी, लेखसंग्रही, पाखापानी, सोरा, जयतपानी हुदै सल्यान खलंगा जोड्ने सडकको उद्घाटन गरिएको हो । जनता सडक अन्तर्गतको ४ करोड लागतमा १४ किलोमिटर सडकको ८ मिटर चौडाइ रहेको छ ।

पुर्वाधार विकास कार्यालय सल्यान र महत वानिया जेभि विच भ्याट सहित ४ करोड लागतमा काम सम्पन्न भएको हो । उक्त काम सम्झौता मिति भन्दा दुई महिना अगावै सम्पन्न भएको कन्ट्रक्सनका लक्ष्मण वुढाथोकीले जानकारी दिनुभयो । सडक उद्घाटन कार्यक्रममा नगरप्रमुख गोविन्द कुमार पुन, जिल्ला समन्वय समिति सदस्य आशा वली, वडा अध्यक्ष विनायक केसी, पुर्वाधार विकास कार्यालयका प्रमुख विनोद पुन लगाएतको सहभागिता रहेको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस