साना किसान सहकारीको अर्धबार्षिक खुद नाफा झण्डै ९ लाख

जीत प्रसाद आचार्य,
सल्यान १८, माघ ।
सल्यानको कपुरकोटमा रहेको साना किसान कृषि सहकारी संस्थाले झण्डै ९ लाख रुपैँया खुद नाफा गरेको छ । गत साउन देखी हाल सम्म अर्धवार्षिक खाताबन्दिमा ८ लाख ७० हजार रुपैँया खुद नाफा गरेको सहकारी जनाएको छ । कपुरकोट गाउँपालिका भित्र कार्य क्षेत्र रहेको यस सहकारीमा शेयर पुँजी १ करोड ३२ लाख रुपैँया रहेको सहकारीका ऋण सहायक जीत प्रसाद आचार्यले जानकारी दिनुभयो ।

उहाँका अनुसार यस सहकारीमा निक्षेप ४ करोड १० लाख, जगेडा कोष ६३ लाख र ऋण लगानी ११ करोड २० लाख रुपैँया रहेको छ । सहकारीमा महिला १ हजार २५ र पुरूष ४ सय ६३ जना गरेर जम्मा १ हजार ४ सय ८८ शेयर सदस्य रहेका छन् । सहकारीले मुख्यतः कृषि तथा पशुपालन क्षेत्रमा ऋण लगानी गर्दै आएको छ ।

ब्यवसायिक उत्पादन, बजारीकरण, साना उद्यमका माध्यमबाट आफ्ना सदस्यहरूको आर्थिक सामाजिक, शैक्षिक एवं साँस्कृतिक उन्नतीको लागि अग्रसर रहदैँ आएको सहकारीका प्रबन्धक तिर्थ राज शर्माले जानकारी दिनुभयो । तरकारी खेती, अदुवा तथा बेसार उत्पादन, पशुपालन लगाएतका क्षेत्रमा लगानी गरेको उहाँको भनाई छ । कृषि कर्जा ९ प्रतिशत ब्याज दरमा र साधारण कर्जा १४ प्रतिशत ब्याजदरमा प्रवाह गरिरहेको सरकारी संस्थाले जनाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस