नेकपा प्रचण्ड-नेपाल पक्षको अनेरास्ववियु भानुभक्त इकाई कमिटीको अध्यक्षमा चन्द

सुरेन्द्र चन्द ‘बिन्दास’,
सल्यान १८, माघ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड नेपाल पक्षको अनेरास्ववियुले सल्यानमा आफ्ना गतिविधिहरुलाई अगाडी बढाएको छ । यसैक्रममा जिल्लाको छत्रेश्वरी गाउँपालिका वडा नम्बर १ दमाचौरमा रहेको भानुभक्त माद्यामिक बिद्यालयमा अनेरास्ववियुको इकाइ कमिटी गठन गरिएको छ ।

बिद्यार्थी ऋषिकेश चन्दको अध्यक्षतामा ७५ सदस्यीय बिद्यालय इकाइ कमिटी गठन गरिएको हो । जसको उपाध्यक्षमा दिपा रसाइली, तारा घर्ती र पारस बिक रहनुभएको छ । यस्तै सचिवमा डिल्ली कुमारी बस्नेत, कोषाध्यक्षमा सलिन विक, सहसचिवमा दिपक चन्द, नविन खड्का, कमल रसाइली र सुरक्षा बिक रहनुभएको छ ।


कार्यक्रममा नेकपाका जिल्ला कमिटी सदस्य तथा छत्रेश्वरी गाउँ कमिटी सचिव प्रेम खड्का, अनेरास्ववियुका जिल्ला संयोजक चेतन गिरी, सहसंयोजक निरज सिंह, युवा नेता गणेशमान विक, नेकपा प्रदेश परिषद सल्लाहकार सदस्य टोप बहादुर चन्द, गाउ कमिटी सदस्य तथा वडा कमिटी अध्यक्ष टिकाराम केसी, गाउँ कमिटी सदस्य तथा वडा कमिटी सचिव लेख बहादुर चन्द, गाउँ कमिटी सदस्यहरु सुरेन्द्र चन्द, बिष्णु चन्द, प्रदिप योगी, प्रकाश चन्द लगाएतको सहभागिता रहेको थियो ।

सो अबशरमा बोल्ने बक्ताहरुले बिद्यार्थीहरुको हकहितमा बोल्ने र काम गर्ने संगठन नै अनेरास्ववियु भएको बताएका छन् । कार्यक्रमको सहजीकरण रमेश बुढाथोकीले गर्नुभएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस