सामुदायिक वनमा हुने चोरी निकासी रोक्न उपभोक्ता सक्रिय

सल्यान १९, माघ ।
सल्यानका सामुदायिक वनमा चोरी निकासी बढ्न थालेपछि उपभोक्ताहरु सक्रिय वनेका छन् । जिल्लाको शारदा नगरपालिका भित्रका बिभिन्न सामुदायिक वनमा बनजन्य बस्तुहरुको चोरी निकासी बढ्न थालेपछि उपभोक्ताहरु पनि सक्रिय बनेका हुन् । खास गरेर सामुदायिक वनमा घाँस, दाउरा तथा स्याउला चोरी गर्नेको सख्या बढ्न थालेको उपभोक्ताहरुको भनाई छ ।

शारदा नगरपालिका वडा नम्बर ३ बयलडाँडामा रहेको सिता सामुदायिक वन, बडाखोलाको राम सामुदायिक वन, वडा नम्बर ५ मा रहेको रानिकोट सामुदायिक वन, वडा नम्बर ११ खैँराबांगमा रहेको चन्दे्रश्वरी सामुदायिक वन, हिवल्चाको भैयादेवी सामुदायिक वनमा घाँस, स्याउला तथा दाउरा चोरी गर्नेको सख्या बढेको राम सामुदायिक वन उपभोक्ता समितीका सदस्य तथा चौँकिदार नरेन्द्र कुमार वलीले जानकारी दिनुभयो ।

वन क्षेत्रभित्र मनोमानि ढंगले प्रवेश गरी घाँसदाउरा लगाएतका वन पैदावारी चोरी निकासी हुदाँ समस्या भएको उहाँले जानकारी दिनुभयो । सामुदायिक वन क्षेत्रभित्र रुख काटेर दाउरा बनाउदैँ गरेको अवस्थामा चार वटा वन्चरो, एक वटा खुर्पा जफत गरिएको उहाँले जानकारी दिनुभयो । सामुदायिक वनमा चोरी निकासि बढ्दो क्रममा रहेकाले चोरी निकासी नियन्त्रणको उपभोक्ता समितीको निर्णय अनुसार दाउरा काट्न प्रयोग हुने हतियारहरु नियन्त्रणमा लिएको उहाँको भनाई छ ।

वन जंगलमा मनोमानी ढंगले घाँस दाउरा काट्दा बन्यजन्तु नै लोप भएर जाने खतरा रहेको उहाँको भनाई छ । वन जंगलको जथाभावी रुपमा फडानि गरे मानिसको अस्तित्व नै संकटमा पर्ने भएकाले वन क्षेत्रको संरक्षणमा सबैले ध्यान दिनुपर्ने सामुदायिक वन समुहका उपभोक्ताहरुको भनाइ रहेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस