राजश्व छलि गर्ने गाडी सहित सामान जफत

दुर्गा बिसी,
सल्लीवजार २०, माघ ।
सल्यान प्रहरीले राजश्व छलि गर्ने गाडी सहित सामान जफत गरेको छ । जिल्लाको पश्चिमी क्षेत्र सल्लीवजारमा इलाका प्रहरी कार्यालय सल्लीवजारले सुर्तीजन्य बस्तु मेघाश्री सहित गाडीलाई नियन्त्रणमा लिएको छ । ५ लाख ३९ हजार रुपैँयाको विल नभएको मेघाश्री सल्लीवजार भित्रिदैँ गरेको अवस्थामा मेघाश्री सहित गाडीलाई नियन्त्रणमा लिएको सल्लिवजार ईलाका इन्चार्ज देउ वहादुर चन्दले जानकारी दिनु भएको छ ।

उहाँले सामान सहित भे १ च ३३६४ नम्बरको पिकअप भ्यानलाई पनि नियन्त्रणमा लिएको जानकारी दिनुभयो । राजश्व छलि गरेर विल नभएको ३५ वोरा मेघाश्री गुट्का जन्य सरसामान सहित गाडीलाई नियन्त्रणमा लिएर आन्तरिक राजश्व कार्यालय कोहलपुरलाइ वुझाएको प्रहरीले जनाएको छ । प्रहरीले सल्लीवजार चेक प्वाइन्टमा पछिल्लो समय चेकजाँचलाई थप कडाई गरेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित