दाङ २०, माघ ।
दाङको घोराही उपमहानगरपालिका वडा नं १५ काठेकोहलमा गुर्खा फिटनेस एण्ड ट्रेनिङ सेन्टर खुलेको छ । फोर्स क्षेत्रमा प्रि रिक्रियुटमेन्ट ट्रेनिङ दिने लक्ष्यका साथ सोमवार एक कार्यक्रमको आयोजना गरि उक्त ट्रेनिङ सेन्टरको उद्घाटन गरिएको हो । गुर्खा फिटनेस एण्ड ट्रेनिङ सेन्टरका सन्चालक प्रकाश घर्ति मगरको अध्यक्षतामा भएको कार्यक्रममा दाङ जिल्ला उद्योग वाणिज्य संघका सचिव नरेश कुमार श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि श्रेष्ठले मानिस सामाजिक र मानसिक रुपमा तन्दुरुष्ट हुनको लागि शारिरीक व्यायामले महत्वपूर्ण भुमिका खेल्ने बताउनुभयो । उहाँले युवाहरुको मागलाई मध्यनजर गर्दै खोलिएको गुर्खा फिटनेस एण्ड ट्रेनिङ सेन्टरले दक्ष एवम उत्कृष्ट जनशक्ति उत्पादन गर्नेमा आफु आशावादी भएको बताउनुभयो ।
कार्यक्रमको समापन गर्दै गुर्खा फिटनेस एण्ड ट्रेनिङ सेन्टरका सन्चालक प्रकाश घर्ति मगरले युवाहरुको मागलाई मध्यनजर गर्दै देशमा उत्कृष्ट रुपमा दक्ष जनशक्तिहरु खडा गर्ने उद्धेश्यका साथ आफु कटिवद्ध भएर लाग्ने बताउनुभयो । उहाँले गुर्खा फिटनेस एण्ड ट्रेनिङ सेन्टर जिल्लामै पहिलो पटक एक्स इन्डियन आर्मीद्धारा प्रशिक्षण दिने संस्था भएकाले जो कोहिले पनि यस संस्थामा जोडिन सक्ने बताउनुभयो ।
दाङ जिल्ला र यसका आसपासमा रहेका सल्यान, रुकुम, रोल्पा, प्युठान लगायतका जिल्लाबाट गोर्खा आर्मीमा भर्ती हुने पुरानो परम्परा भएकाले गुर्खा फिटनेस एण्ड ट्रेनिङ सेन्टरले दक्ष प्रशिक्षबाट प्रशिक्षण र तालिम दिइने हुदा इच्छुक व्यक्तिले सम्पर्क राख्न पनि अनुरोध गर्नुभएको छ ।