युनियन लाइफ इन्स्योरेन्स कम्पनीद्वारा मृत्यु दाबी रकम भुक्तानी

सल्यान २१, माघ ।
युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड सल्यान श्रीनगर शाखाले मृत्यु दाबी रकम भुक्तानी गरेको छ । जिल्लाको शारदा नगरपालिका २ खलंगा निवासी रबिन कुमार राईलाई बुधबार बिमांक रकम ५० हजार र अन्तरिम वोनस वापत २ हजार गरी ५२ हजार रुपैँया मृत्यु दाबी रकम भुक्तानी गरिएको हो । राईको ब्रेन ट्युमरका कारण केहि महिना पहिले बिमा गरेको ८७ दिनमा ४६ बर्षको उमेरमा निधन भएको थियो । इन्स्योरेन्सका श्रीनगर शाखा प्रमुख रमेश कुमार वलीले राईकी श्रीमती मन्जु श्रेष्ठलाई चेक हस्तान्तरण गर्नुभएको हो ।

संरक्षण बचत तथा ऋण सहकारी संस्था लिमिटेड खलंगाले सहकारीमा आवद्ध शेयर सदस्यहरुको सामुहिक म्यादी बिमा गरेको थियो । सोही अनुसार शेयर सदस्यको मृत्यु पश्चात बिमा दाबी रकम भुक्तानी गरिएको सहकारी संस्थाका अध्यक्ष बिमल कुमार श्रेष्ठले जानकारी दिनुभयो । साथै उहाँले सहकारीमा आबद्ध सबै शेयर सदस्यहरुको बिमा गरिएको जानकारी दिनुभयो ।

 

 

प्रतिक्रिया दिनुहोस