बन्गाड कुपिण्डे नगरपालिकामा उपभोक्ता समितीका पदाधिकारीलाई प्रशिक्षण

दुर्गा विसी,
सल्यान २१, माघ ।
सल्यानको बनगाड कुपिण्डे नगरपालिकाले योजना निर्माण उपभोक्ता समितिलाई तालिम दिएको छ । समयमै सम्झौता गर्न आउन नमान्ने, आषाढ मसान्तसम्म कामकाज कुरेर वस्ने परिपाटीको अन्त्य गर्नका लागि कर्मचारी र उपभोक्तालाई तालिम दिएको हो । आव २०७७।०७८ मा नगरमा सम्झौता भएका पहिलो पटक २० वटा योजनाका उपभोक्तालाई समितिका ६० जना अध्यक्ष, सचिव र कोषाध्यक्षलाइ तालिम दिएको छ ।

योजना सम्पन्न भए पछि कागजि प्रकृयाका वारेमा दुख नपाउन र कामको गुणस्तरीयताका विषयमा अनुशिक्षण गरिएको जनाएको छ । यो वर्ष स्वीकृत योजनाहरु वडाबाट १ सय ३२, नगरबाट २० र प्रदेश तथा संघबाट ११ वटा गरि १ सय ६३ वटा योजना रहेका छन् जस मध्ये हाल सम्म ५५ वटा योजनाहरु मात्रै नगरमा सम्झौता भएका छन् । जतिसक्दो चाडैं सम्झौता गर्न नगरपालिकाले ताकेता गरिरहेको छ ।

प्रशिक्षणको उद्घाटन नगरउप प्रमुख मञ्जु यरीले गर्नु भएको थियोे । सो अबशरमा प्रमुख प्रशासकिय अधिकृत चक्रबहादुर रावत, लेखा प्रमुख दिनेश भण्डारी, प्राविधिक शाखा प्रमुख महेश देवकोटा, योजना शाखा प्रमुख धर्मराज ढकाल र रोजगार संयोजक प्रमुख भिम पुनले आ(आफ्नो शाखामा हुने योजनाका कामकाज र प्रक्रियाका वारेमा कर्मचारी र उपभोक्ता समितिका पदाधिकारीलाई प्रशिक्षण दिनुभएको छ ।

नगरमा सम्झौता हुने सबै उपभोक्ता समितिलाई सो प्रशिक्षण गरिने जनाएको छ । योजना सुरुवाति चरण देखि सम्पन्नता हुदा साथै योजनाको दीर्घकालीन रेखदेख र संरक्षणका विषयमा समेत सम्बन्धि समुदाय व्यक्ति जिम्मेवार रहनुपर्ने नगरपालिकाले जनाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस