नेकपा प्रचण्ड नेपाल पक्षले सल्यानको खलंगामा मसाल जुलुस निकाल्यो (फोटो फिचर)

सल्यान २१, माघ ।
नेकपा प्रचण्ड नेपाल पक्षले आज साँझ सल्यानको खलंगामा मसाल जुलुस निकालेको छ । प्रधानमन्त्री केपि शर्मा ओलीले चालेको असंबैधानिक कदमको बिरोधमा खलंगामा मसाल जुलुस निकालेको नेकपा सल्यानले जनाएको छ ।

सरकारले संविधानलाई बेवास्ता गर्दै संवैधानिक निकायहरुमा समेत नियुक्ति गरेको भन्दै त्यसको विरोधमा बिहीबार देशव्यापी आम हड्तालसहित नयाँ संघर्षका कार्यक्रम प्रचण्ड नेपाल पक्षले घोषणा गरेको छ ।
प्रधानमन्त्री ओलीको प्रतिगमनलाई असफल पार्न जुनसुकै कदम चाल्न तयार रहेको नेकपामा नेता रमेश कुमार गौतमले जानकारी दिनुभयो । त्यसैको बिरोध स्वरुप खलंगामा मसाल जुलुस निकालिएको उहाँको भनाई छ । साथै भोलीको आम हड्तालमा बजार, शिक्षण संस्था, यातायातलगायत बन्द रहेपनि अत्यावाश्यक सेवा भने बन्द नगर्ने जनाइएको छ ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस