सल्यानमा कोरोनाका संक्रिय संक्रमितको संख्या १७

सल्यान २२, माघ ।
सल्यानमा कोरोना भाइरसका संक्रिय संक्रमितको संख्या १७ जनामा झरेको छ । जसमध्ये संक्रिय संक्रमित सबै बन्गाड कुपिण्डे नगरपालिकाका रहेका छन् । हाल उनीहरु सबै होम आइसोलेसनमा रहेको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ ।

कार्यालयका कोरोना फोकल प्रसन रिखाराम पुनले हाल सम्म जिल्लामा ७ सय ५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिनुभयो । ती मध्ये ७ सय ३६ जना निको भएर डिस्चार्ज भएका छन् । जिल्लामा अहिलेसम्म कोरोना संक्रमणका कारण २ जनाको निधन भएको छ ।

 

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित